![]()
महेन्द्र सदा
पातो । धूलोका कारण जनजीवन कष्टकर बनेको भन्दै कठौना–पातो सडखण्डमा स्थानीयले मंगलबार दिनभर चक्काजाम गरेका छन् ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ मझौरा गाँउमा स्थानीयले बिहीबार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म कठौना–पातो सडक खण्ड अवरुद्ध गरे ।
यो सडक खण्डमा बाटो बनाउने नाममा ग्राभेल र माटो त्यसै राख्दा दिनहुँ सर्वसाधारणलाई धूलो खानुपरेको छ । स्थानीयको घरमा समेत धूलो पस्दा समस्या भइरहेको छ ।
हुलाकी राजमार्ग अन्तर्गत निर्माण कार्यको लागि सरकारले जिम्मा दिएको ठेकेदारले समयमा निर्माण कार्य पूरा नगर्दा धुलो बाट जनजीवन प्रभावित बनेको स्थानीयको भनाई छ ।
स्थानीयले गोरुगाडा तेस्र्याएर सडक जाम गर्दा दिनभर सबारीसाधन अवरुद्ध रह्यो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले सडक निर्माण नभएसम्म प्रत्येक दिन पानी हाल्न लगाउने प्रतिबद्धता व्यक्त गरेपछि सडक जाम खोलिएको थियो ।












