![]()
राजविराज । मधेशी आयोगले एनपिएलमा अभद्र र अपमानित हुने किसिमका नारा जुलुस लगाउनेलाई तत्काल कार्वाही गर्न राज्यको ध्यानाकर्षण गराएको छ ।
एउटा अराजक र उदण्ड समूहद्वारा जनकपुर बोल्टसप्रति देखाएका नश्लीय र सम्प्रदायिक तथा रंगीयताका अभद्र रंग कुनै तबरले अग्राहा रहेको ठहर गर्दै आयोगले यो कार्य अति निन्दनीय र कानुन विपरितको दण्डनीय कार्य रहेको जनाएको छ ।
राज्यले तत्कालै यस्ता उदण्डी र अभद्री अपराधीलाई तुरुन्त कानुनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशिल हुन आयोगले बिज्ञप्ती मार्फत् अपिल गरेको छ । आयोगले यस बिषयमा गृह प्रशासनमा सिफारिस समेत गरिसकेको जनाउँदै संयमित हुन समेत सबैसँग आग्रह गरेको छ ।
हेर्नुहोस् आयोगको विज्ञप्ती













