![]()
राजविराज । सप्तरीमा अर्नाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ७ निवासी शुभेलाल मण्डलको अर्नाको आक्रमणमा परी ज्यान गएको हो । खेतमा काम गरिरहेको अवस्थामा मण्डललाई बुधबार अर्नाले आक्रमण गरेका थिए ।
अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका ७० बर्षीय उनलाई उपचारका लागि लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाले उनीमाथि आक्रमण गरेका हुन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने अर्ना र हात्तीले व्यक्तिको प्रत्येक बर्ष ज्यान लिइरहेका छन् । यसतर्फ सम्बन्धित निकाय गम्भीर बन्न सकेका छैनन् ।












