ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

Loading

राजविराज । नेकपा एमालेका नेताहरूले सप्तरी इन्चार्ज एवं पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेललाई कार्वाहीको माग गरेका छन् ।

एमालेको सप्तरी अधिवेशनको पुर्व सन्ध्यामा पार्टीका केन्द्रीय सदस्यसहितका नेताहरुले प्याकुरेललाई कार्वाहीको माग गरेका हुन् ।

प्याकुरेललाई कार्वाहीको माग गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन पठाइएको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गर्दै पार्टीका केन्द्रीय सदस्य दिवाकर देवकोटा, सचिवालय सदस्य एवं पुर्व मन्त्री सत्यनारायण मण्डल, प्रदेश कमिटी सदस्य पन्चदेव खङ्सहितकाले प्याकुरेललाई कार्वाही गर्न निवेदन पठाइएको जानकारी दिएका छन् ।

उनीहरूले जिल्ला इन्चार्ज प्याकुरेल पार्टीमा हैकमवादी एकलौटी प्रवृत्ति कायम राख्दै अराजक गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

‘प्याकुरेलले दास र मालीकको व्यवहार गरेको, कम्युनिष्ट आचरण र शैली समाप्त पारेको, निज जमीन्दारी र सामन्ती चरित्रको व्यक्ति भएको प्रमाणित भएको छ’ पठाइएको निवेदनमा भनिएको छ, ‘योग्य, सक्षम, ईमानदार र पूरानो कार्यकर्तालाई जालझेल र षडयन्त्र गरि जिम्मेवारीबाट बंचित गर्दै आएको छ । म भनेको एमाले, एमाले भनेको म, अहं, घमण्डी, वैमनस्य प्रवृति निजमा व्याप्त छ । सादा जीवन र उच्च विचारबाट विचलित भई सकेको देखिन्छ । हेला र अपमान गर्ने निजको आम प्रवृति हो। निज जिम्मेवारीमा आए देखि नै सप्तरी जिल्लाको संगठन ओरालो लागेको देखिन्छ ।’

निवेदनमा जिल्ला अधिवेशनलाई स्थगन गरी प्याकुरेलको चाल चलन आचरण शैली अनुसंधान गरी आवश्यक कार्यवाहीको लागि जोडदार अपील गरिएको छ ।

यी र यस्ता विभिन्न समस्याको समाधान नगरिए आफुहरूलाई जिम्मेवारीबाट मुक्त गरि दिन हुन नेतृत्व तह संग उनीहरूले माग गरेका छन् । माग पूरा नभए अगामी दिनमा पार्टी जिवनमा सबै भन्दा अप्रिय र कठोर कदम चाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

प्याकुरेलले बैठकहरूमा उपस्थितिको लागि जानकारी नगराउने, बैठकको कोरम नपुग्ने तैपनि निर्णय भएको छ भनेर जबरदस्ती निर्णय भएको थोपर्ने र प्रतिनिधि छनौटमा पनि विभिन्न खाले धाँधली गरेकाे उनीहरूकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2

Related

Previous Post

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

Next Post

प्रेस स्वतन्त्रता हननको निष्पक्ष छानबिनकाे लागि आयाेगसँग आग्रह 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

प्रेस स्वतन्त्रता हननको निष्पक्ष छानबिनकाे लागि आयाेगसँग आग्रह 

‘सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ’

'सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ'

विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.