ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिटी रिक्सा चालकद्वारा नगरपालिकामा धर्ना, थप आन्दोलन गर्ने चेतावनी

सिटी रिक्सा चालकद्वारा नगरपालिकामा धर्ना, थप आन्दोलन गर्ने चेतावनी

Loading

राजविराज । राजविराज नगरभित्रकै बाटोका कारण गुडाउन समस्या भइरहेको भन्दै सिटी रिक्सा चालकहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
नगरको जताततै खाल्डो रहँदा आफूहरुलाई समस्या भएको सिटी रिक्सा चालकको भनाई छ । उनीहरुले बाटो निर्माणको माग गर्दै बुधबार नगरपालिकाको कार्यालय अगाडि सिटी थन्काएर धर्ना दिएका छन् ।
खराब बाटोका कारण सधैं कुनै न कुनै सिटी दुर्घटनामा पर्दा आफूहरुलाई आर्थिक बोझ बोक्नुपरिरहेको सिटी रिक्सा चालक रामदेव खंगले बताए ।
ऋण लिएर सिटी किनेको र दुर्घटनामा पर्दा आर्थिक बोझ बोक्न नसकेर धेरैले सिटी चलाउन नसकेको उनले बताए ।
अर्का चालक बिरेन्द्र कुमार मण्डलले हनुमान मन्दिरदेखि पडरियासम्म खाल्डैखाल्डो रहँदा ती रुटमा चलााउनै नसकिएको बताए । चलाउँदा कतिपय ठाउँमा सिटी नै पल्टिएको छ’ उनले भने, ‘रुपनी रोडसहित अन्य ठाउँमा पनि सडकमा खाल्डो हुँदा चलाउन गाह्रो भइरहेको छ ।’
अखिल नेपाल यातायात मजदूर संघका जिल्ला अध्यक्ष विजय प्रसाद देवले खराब बाटोका कारण सिटी रिक्सा चलाउनेको पेशा नै संकटमा परेको बताए ।
खाल्डोका कारण जहिल्यै पनि दुर्घटना बढिरहेकाले बाटो व्यवस्थित गर्न नगरपालिकालाई दबाव दिने उद्देश्यले सिटी थन्काएर बिरोध गरेको उनले बताए ।
ठेक्का लागिसकेको सडकको काम गराउने दायित्व नगरपालिकाको भएको उनले बताए । निर्माण कम्पनीले काम नगरे नगरपालिकाले आफैं पनि तत्काल माटो र ग्राभेल हालेर व्यवस्थित गर्नुपर्नेमा ध्यान नदिएकाले आन्दोलनमा उत्रनुपरेको उनको भनाई छ ।
खाल्डो रहेका सडकलाई व्यवस्थित नगरे आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने सिटी रिक्सा चालकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज राजविराजमा हुँदै

Next Post

कर्मचारी युनियनको स्थापना दिवसमा फलफूल बितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कर्मचारी युनियनको स्थापना दिवसमा फलफूल बितरण

कर्मचारी युनियनको स्थापना दिवसमा फलफूल बितरण

सक्कली संघीयता अहिलेसम्म लागू भएको छैन : राजेन्द्र महतो

सक्कली संघीयता अहिलेसम्म लागू भएको छैन : राजेन्द्र महतो

खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

एमाले सप्तरीको कार्यालयमा आगजनी

एमाले सप्तरीको कार्यालयमा आगजनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.