ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि


जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

Loading

राजविराज । शरदसिंह यादव नेतृत्वको जन अधिकार पार्टीले अधिकारको आन्दोलनबाट जन्मेको मधेशी दलहरु आफ्‌नो व्यक्तिगत अधिकार खोज्नु, परिवारवाद र आफन्तमै रमाएका कारण मधेश प्रदेशको विकास हुन नसकेको ठहर गरेको छ ।

पार्टीले मंगलबार राजविराजमा जारी गरेको घोषणा पत्रमा यस्तो आरोप लगाइएको छ । संघीयता आएपछि पहिलो पाँच बर्ष आफूलाई मधेशी भनिने दलहरुले नै सरकारको नेतृत्व गरेको र अहिले केही दिन अगाडि नेपाली कांग्रेसले नेतृत्व लिँदा दोस्रो कार्यकालको तीन बर्ष मधेशी दलले नै मधेश प्रदेशको नेतृत्व गरेपनि प्रदेशको अवस्था उस्तै रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ । ‘यो अवधीमा प्रदेशको कुनै पनि सूचकांकमा सुधार आउन सकेको छैन्‌’ घोषणा पत्रमा भनिएको छ, ‘मधेश उर्वरभूमी हो । यहाँका अधिकांस बासिन्दा कृषिमा निर्भर छन् । कृषिलाई व्यवसायीकतातर्फ रुपान्तरित गर्दै अघि बढाउन सकिन्थ्यो । यो अवधीमा प्रदेशलाई नै शिक्षित बनाउन सक्नुपर्‍थ्यो । कुनै पनि जिल्ला हालसम्म साक्षर घोषणा हुन सकेको छैन् ।’

भौगोलिक सुगमता, उर्वर भूमी, पूर्वाधारमा सरल पहुँच लगायत श्रोत साधनले सम्पन्न भएपनि मानव विकास सूचकांक, साक्षरता दर, रोजगारीसहित शिक्षा र स्वास्थ्यमा पनि मधेशको त्यत्तिकै कमजोर स्थिति रहेको उल्लेख गरिएको छ ।

‘संघीयताको झण्डै एक दशक भएपनि प्रदेशका आन्तरिक श्रोतको दायरा विस्तार हुन नसक्नु र प्रदेशका जनताले हालसम्म सुशासनको अनुभूति गर्न नसक्नु झन दुःखको कुरा हो’ घोषणा पत्रमा अघि भनिएको छ, ‘प्रदेशमा बहुआयामिक गरिबी दर अन्य प्रदेशभन्दा उच्च छ । तथ्यांकमा हेर्ने हो भने बहुआयामिक गरिबी दर ४७ प्रतिशतको हाराहारीमा छ ।’

मधेशी दलहरु स्वार्थमै रुम्लिए

जन अधिकार पार्टीको घोषणा पत्रमा मधेश प्रदेशमा लगातार सरकारको नेतृत्व गर्ने दल र नेताको आलोचना गरिएको छ । मधेशमा बलेको आगो र दिइएको बलिदानीबाट २०६३ सालमा उदाएको तत्कालिन मधेशी जनअधिकार फोरमलाई २०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा जनताले ५३ सिट दिएको, २०७४ सालमा भएको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई प्रदेशमा सरकार बनाउने जिम्मा जनताले सुम्पिदिएको उल्लेख घोषणा पत्रमा गरिएको छ ।

‘अहिलेसम्म आउँदा यी दुई दलका नेता को कहाँ छन्, के गरिरहेका छन् ? भन्ने स्थिति सबैलाई थाहा भएकै हुनुपर्छ’ घोषणा पत्रमा भनिएको छ, ‘मधेशी नामबाटै उदाएको जनमत पार्टीले डेढ बर्ष प्रदेशको नेतृत्व गरेपनि प्रदेशमा उल्लेख्नीय काम गर्न सकेन् । र, हरेक सूचकांक पुरानै अवस्थामा यथावत छ ।’

मधेशी पार्टीको नाम धेरै पटक फेरिए पनि नेता र नेताको प्रबृत्ति नफेरिएका कारण विकास हुन नसकेको ठहर गरिएको छ ।

सनातनीको रक्षा

जन अधिकार पार्टीले सनातनीको रक्षालाई मुद्दा बनाएर घोषणा पत्र तयार गरेको छ । मधेश प्रदेशको विकासका साथसाथै लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता, अभिव्यक्ति स्वतन्त्रता र सनातनीको रक्षाका निम्ति प्रतिबद्ध रहँदै अघि बढ्ने प्रणका साथ यो घोषणा पत्र तयार गरेको उक्त पार्टीले जनाएको छ ।

‘हामी सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाउन, प्रदेश र स्थानीय तहको सम्बन्धलाई सुदृढ गर्दै विकासीय कामलाई जोड दिन, प्रदेशलाई आर्थिक रुपमा सशक्त बनाउन आन्तरिक आय वृद्धिका कार्यक्रमहरु ल्याउन, प्राकृतिक श्रोतसाधन परिचालन गरी प्रदेशलाई समृद्धीतर्फ अगाडि बढाउन, विकास साझेदारहरुसँग समन्वय र सहकार्य गरी प्रदेशको विकासका खाका कोर्न, छुवाछुतको अन्त्य गरी सामाजिक न्याय प्रदान गर्न अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाउँदछौं’ घोषणा पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

Next Post

सप्तरी : अपहरणमा परेकी बालिकाको उद्धार, अपहरणकारी पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

सप्तरी : अपहरणमा परेकी बालिकाको उद्धार, अपहरणकारी पक्राउ 

जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल

जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल

जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

सप्तरी : बिना इजाजत मदिरा र सुर्ती बिक्री गर्नेलाई कार्वाही गर्ने निर्णय

सप्तरी : बिना इजाजत मदिरा र सुर्ती बिक्री गर्नेलाई कार्वाही गर्ने निर्णय

सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.