मधेश सम्वाददाता
सिरहा, २० भदौ ।
नेपाली कांग्रेस, सिरहाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य समानुपातिकतर्फ योगेन्द्र नारायण बरबरियाको नाम सिफारिस गरेको छ ।
कांग्रेस प्रदेश समितिको बैठलले कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका बरबरियाको नाम सिफारिस गरेको हो ।
नेपाल प्राध्यापक संघका भूपू महासचिव एवम त्रिभुवन विश्वविद्यालयका निवर्तमान सभापति रहेका बरबरियाको नाम समानुपातिकमा सिफारिस गरिएको नेपाली कांग्रेस क्षेत्र न.३ का क्षेत्रिय सभापति संजय प्रकाश यादवले जानकारी दिए ।
सिफारिसमा परेका बरबरियाले बर्तमान अबस्थामा मूल्य र मान्यताका राजनीतिमा ह्रास र नैतिकताको खडेरी परेको अवस्थामा आफुले सक्दो सुधार गर्नका लागि योगदान गर्न चाहेको बताए ।