मधेश सम्वाददाता
राजविराज, २४ भदौ ।
उच्च अदालत जनकपुर राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा दर्ता रहेको छ ।
अदालतले शुक्रबार पत्रकारसँग गरेको अन्तरकृया कार्यक्रममा उक्त जानकारी दिएको छ ।
आ.ब. २०७७÷७८ मा सरेर आएको १७ सय ९४ रहेकोमा २०७८÷७९ मा २७ सय १४ वटा दर्ता हुँदा ४५ सय ८ मुद्दा रहेको थियो । यीमध्ये २९ सय ३२ वटा फछ्र्याैट गर्ने लक्ष्य राखेकोमा १९ सय ६ वटा फछ्र्याैट भएको अदालतले जनाएको छ ।
गत आ.ब.को बाँकी रहेको २६ सय २ र चालू आ.ब.को साउन र भदौको २३ गतेसम्म दर्ता भएको ५११ गरी ३१ सय १३ मुद्दा रहेकोमा ४ सय ३५ वटा फछ्र्याैट भएको अदालतले जनाएको छ । अब अदालतमा २६ सय ७८ वटा मुद्दा बाँकी रहेको छ ।
अदालतका अनुउसार बाँकी रहेकामध्ये २ बर्ष नाघेका १ सय ४७ वटा, १८ महिना नाघेका २५१ वटा, १ बर्ष नाघेका ४३४ वटा मुद्दा फछ्र्याैट हुन बाँकी छ ।
अदालतमा ४ वटा इजलास रहेको र इजलासगत बार्षिक फछ्र्याैटको लक्ष्य ७७६ राखिएको अदालतका सूचना अधिकारी एवं शाखा अधिकृत हरिशंकर महतोले जानकारी दिए ।