ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, September 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नीजि विद्यालयमा वृद्धि गरिएको शुल्क प्रकृया पुर्‍याएर नगरेको अदालतको भनाई, कार्यान्वयन नगर्न अन्तरिम आदेश

राजविराज–४ को पुनः मतगणनाको मागबारे परेको मुद्दामा उम्मेदबारका प्रतिनिधीको विवरण झिकाउन आदेश

Loading

राजविराज । राजविराजका नीजि विद्यालय तथा गुठीमा वृद्धि गरिएको शुल्क प्रकृया पुर्‍याएर नगरेको अदालतले जनाएको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासले प्रकृया पुर्‍याएर शुल्क वृद्धि नगरेको भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

शुल्कवृद्धिविरुद्ध अधिबक्ता सुरेश कुमार सिंहले दायर गरेको उत्प्रेषण, परमादेश रिटमा अदालतले शुल्क कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

अदालतका न्यायाधीशद्वय देशबहादुर सार्की र अच्युतकुमार आचार्यको मंगलबारको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘शिक्षा नियमावली, २०५९ को नियम १४७ (२) अनुसार विद्यालयहरूले लिन पाउने शुल्कको अधिकतम सीमा शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा तीन महिना अगावै तोकेर सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । साथै, नियमावलीको अनुसूची–२२ अनुरूप शुल्क निर्धारणका आधारहरू अवलम्बन गरिएको तथा अभिभावक प्रतिनिधिको सहभागिता रहेको पर्याप्त आधार प्रारम्भिक रूपमा समेत देखिएको छैन् ।’

शिक्षा नियमावली, २०५९ को नियम ८४ को उपदफा (१) मा व्यवस्था भए बमोजिम चालु बर्षको निमित्त बैशाख १ (एक) गतेदेखि शैक्षिक सत्र प्रारम्भ भई विद्यालयहरु संचालन भई रहेको अवस्थामा शैक्षिक सत्रको मध्यमा २०८३ जेठ ९ गते यस्तो निर्णय गरेको अदालतले जनाएको छ ।

शैक्षिक सत्र शुरु हुनुभन्दा तीन महिना अगावै सूचना प्रकाशन गर्नु पर्नेछ भन्ने समेतका अनिवार्य कार्यविधिको पालना गरिएको तथा सोही नियमावलीको अनुसूची २२ को खण्ड (ख) मा व्यवस्था भएको शुल्क निर्धारणका आधारहरुको अवलम्वन गरिएको तथा अभिभावकहरुको प्रतिनिधिको उपस्थितिमा शुल्क निर्धारण गरिएको भन्ने प्रथम दृष्टिका प्रमाणहरुबाट नदेखिएको पनि अदालतको आदेशमा भनिएको छ ।

‘विद्यार्थीहरुबाट असुल गर्नुपर्ने शुल्कका हकमा विगत शैक्षिक सत्रका निमित्त कानून बमोजिम निर्धारित शुल्कको सीमा भित्र रही शुल्क असुल गर्नु, गराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ’ आदेशमा भनिएको छ ।

नगरपालिकासँग यस्तो निर्णय गर्ने अधिकार भए नभएको, निर्णय प्रक्रियामा कार्यविधि पालना भए नभएको तथा निर्णय कानुनसम्मत भए, नभएको भन्ने विषय अन्तिम सुनुवाइका क्रममा परीक्षण हुने अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भागेका कैदीको चोरीको गाडीमा सबारी, सप्तरीबाट यसरी समातिए

Next Post

एनसेल ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एनसेल ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

एनसेल ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौंबाट सप्तरीका चार युवक लागूऔषधसहित समातिए

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत, निर्वाचन नहुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.