ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग


सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

Loading

राजविराज । बिना कारण कर्मचारीलाई हातपात गर्नेलाई कार्वाहीको माग गर्दै सप्तरीको कञ्चनरूप नगरपालिकाकाका कर्मचारी असार मसान्तको क्लोजिङ समयमा आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीलाई हातपात गर्नेलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गर्न माग गर्दै नगरपालिकाका कर्मचारीले इलाका प्रहरी कार्यालय, कञ्चनपुरमा निवेदन दिएका छन् । कर्मचारीलाई कार्वाही नगरिए कामकाजमा नफर्किने उनीहरूले अडान राखेका छन ।

सोमबार दिनको अन्दाजी ४:१५ बजेको समयमा अभियन्ता भन्ने रतीसुमन गुप्ता (बिदु), टुनटुन मण्डल, बिनोद पासमान, प्रदिप पासमान समेतका साथै अन्य नचिनेका ५/७ जनाहरु अकस्मात आई भिडियो बनाउने, पालिकाका कर्मचारीहरुलाई गाली गलौज, कुटपिट गरेको, यस नगरपालिकाका नगर प्रहरीहरुले सम्झाई बुझाई गर्दा पनि निजहरुले नगर प्रहरीहरु माथि हातपात गरेको र नगरपालिकाको कर्मचारीहरु रामसुन्दर यादव र लक्षमण मण्डल समेतलाई हातपात गरेको निवेदनमा उल्लेख गरिएको छ ।

‘ती व्यक्तिहरु पालिका बाहिर गएर ज्यान मार्ने धम्की समेत दिएर गएको हुँदा हामी राष्ट्रसेवक कर्मचारीहरु सालतमामीको समयमा कामको चाप भएको बेला निजहरुबाट असुरक्षित भई काम काज गर्न नसक्ने अवस्था रहेको व्यहोरा अनुरोध गर्दछौं’निवेदनमा भनिएको छ, ‘उक्त हुलहुज्जत गर्ने, कुटपिट गर्ने तथा गाली गलौज गर्ने उल्लेखित व्यक्तिहरुले सार्वजनिक स्थलमा शान्ति सु-व्यवस्था खलबलाउने कार्य गरी भय श्रृजना गरेको हुँदा भय रहित अवस्था श्रृजना नभएसम्म हामी कर्मचारीहरु कामकाज गर्न नसक्ने अवस्था छ ।’

उनीहरुलाई अभद्र व्यवहार अन्तर्गत कानूनी कारबाही गरिदिन हुन अनुरोध गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले सम्पुर्ण कर्मचारीको तर्फबाट बुझाएको जनिवेदनमा भनिएको छ, ‘सेवा प्रवाहमा पर्न जाने असर प्रति हामी क्षमा प्रार्थी छौं।’

निवेदनमा ती व्यक्तिहरू दिनहुँ पालिकामा आउने अनावश्यक तथ्याङ्ग मौखिक रुपमा माग्ने, लिखित रुपमा माग नगर्ने, कार्यालयको तर्फबाट प्रमुख प्रशासकीय अधिकृतबाट आ.व.को अन्तिम समय छ, मसान्त समाप्ती पछि माग गरिएका तथ्याङ्क उपलब्ध गराउँछु भन्दा भन्दै नियतबस घटना घटाइएको निवेदनमा उल्लेख छ ।

निवेदनमा जिल्ला प्रहरी कार्यालय सप्तरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं, जिल्ला प्रशासन कार्यालय, सप्तरी, राजविराज, नगर प्रमुख रउप प्रमुख कञ्चनरुप नगरपालिका, कंचनपुर, सप्तरीलाई बोद्दार्थ दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

Next Post

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.