ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

Loading

राजविराज । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६, महुली मोहनपुरमा जंगली हात्तीको बथानले ठूलो क्षति पुर्‍याएको छ। सोमबार राति करिब १० बजेदेखि गाउँमा प्रवेश गरेको दर्जनौँ हात्तीको समूहले बिहान ३ बजेसम्म लगातार करिब पाँच घण्टा ताण्डव मच्चाउँदै कृषकहरूको अन्नबाली सखाप पारेको हो।

हात्तीको हुलले भित्र्याउने तयारीमा रहेको मकैबाली कुल्चिएर नष्ट गर्नुका साथै रोपाइँका लागि तयार पारिएको धानको ब्याड पनि पूर्ण रूपमा नष्ट गरेको स्थानीयले बताएका छन्। एकैपटक ठूलो सङ्ख्यामा गाउँको बीचसम्म हात्ती प्रवेश गरेपछि स्थानीयवासी रातभर त्रासमा बसेका थिए।

वर्षभरि मेहनत गरेर उत्पादन गरेको अन्नबाली नष्ट भएपछि प्रभावित किसानहरू गहिरो चिन्तामा परेका छन्। स्थानीयका अनुसार यस क्षेत्रका किसानले विगत ३५ वर्षदेखि निरन्तर जंगली हात्ती तथा अन्य वन्यजन्तुको आतंक खेप्दै आएका छन्।

यस विषयमा संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसद खगेन्द्र कर्णले शून्य समयमा बोल्दै सरकारको ध्यानाकर्षण गराउँदै जंगली हात्ती नियन्त्रण तथा प्रभावित किसानको राहत र क्षतिपूर्तिका लागि तत्काल प्रभावकारी योजना अघि बढाउन माग गरेका छन्। साथै, दीर्घकालीन रूपमा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि आवश्यक संरक्षण तथा व्यवस्थापनका कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

Next Post

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.