ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा


बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ डुमरी निवासी राधेश्याम यादव घरपरिवार छाडेर सिन्धुपाल्चोक जिल्लामा मिहिनेत गरेर थाेरै रकम जाेडे । जाेडिएकाे रकम बैंक खातामा राखे । रकम सुरक्षित छ भन्ने विश्वास उनलाई थियो ।

तर उनको याे विश्वास एकछिनमै तुहियाे ।

यादवले बैंक खातामा रू चार लाख ५० हजार राखेका थिए । कुमारी बैंककाे राजविराज शाखामा उनले खाता खाेलाएर रकम जम्मा गर्दै आएका थिए ।

खातामा जम्मा रहेको रकम भने एक्कासी गायब भएपछि अहिले राधेश्यामको निन्द्रा हराएको छ । उनी मात्र होइन उनको परिवार नै शोकमा डुबेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको नुगल गाउँपालिका वडा नम्बर १ स्थित शिलाङ्ग माविमा राहत शिक्षकको रुपमा कार्यरत यादव असारको दोस्रो साता घर आएका थिए ।

घर आउँदा आफ्ना परिवारजन सँग भेट गर्दै खुशी साटे । तर यीनको खुशी एक दिन पनि टिक्न सकेन । भोलि पल्ट उनलाई फोन आउँछ, ‘तपाईंको खाताबाट रकम गायव भैसकेको छ ।’

यसपछि उनी हाङाबाट खसे झैं भए ।

आश्चर्यको कुरा उनको खाता रहेको कुमारी बैंक राजविराज शाखाबाट फोन आएको रहेनछ । ‘कपिलवस्तुको तौलिहवा शाखाबाट फोन आएको रहेछ’ उनले भने, ‘ यसपछि राजविराज शाखामा गएर बुझ्दा सही नै रहेछ ।’

मोबाइल बैंकिङ प्रयोग गरेपनि कसैलाई कुनै ओटिपी नदिएको, कुनै लिंकमा क्लीक नगरेको उनले बताए ।

मोबाइल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सबै सावधानी अपनाएको उनको भनाई छ ।

‘तथापि कसरी रकम निस्कियाे, आश्चर्यचकित संगै पीडामा छु’ उनी भन्छन् ।

‘छाेरीकाे विवाहका लागि रकम जम्मा गर्दै थिएँ’ उनले भने’ मिहिनेत गरिएको कमाई एक्कासी गायब भएपछि परिवार नै चिन्तित छन् ।’

यादवले घट्नाबारे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा निवेदन दिएको बताए । निवेदन दिएपनि गम्भीर तरिकाले सुनुवाइ नभएको गुनासो उनको छ ।

यादवले एक्कासी आफ्नो खाताबाट रकम गायव भएको घटनामा सहयोग गरिदिन सबैसँग हार्दिक अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1

Related

Previous Post

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

Next Post

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.