ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एनसेल ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह


एनसेल ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

Loading

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिदै विभिन्न १३ जिल्लाका स्थानिय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । यसले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने कम्पनीले जनाएको छ ।

योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका हुन्छन् । अब भोल्टेको फाइदा लिन ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङ्मा भोल्टे अन गर्नु पर्दछ ।

देशैभर फोरजी नेटवर्क विस्तार गरी फाइभजीका लागि कम्पनीले फ्रिक्वेन्सी मागिरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो । यसले उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउने छ ।

एनसेलले आफूले घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताउँदै आएको छ । यसै योजना अन्तर्गत पाँच प्रदेशका १३ जिल्लाका २२० भन्दा बढि टावरहरुमा कम्पनीले असार २२ गतेबाट थ्रीजी सेवा बन्द गर्दैछ । कम्पनीले यी जिल्लाका सम्बन्धित स्थानहरुमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ । यसअघि पनि गत माघमा कम्पनीले कोशीका तीन जिल्लाका विभिन्न स्थानियतहहरुमा थ्रीजी बन्द गरेको थियो ।

थ्रीजी सेवा बन्द हुने स्थानको सुचीमा कोशी प्रदेशको उदयपुर जिल्लाका त्रियुगा, चौदन्डीगढी, वेलका, कटारी,  संखुवासभाका चैनपुर, खाँदबारी, धर्मदेवी, धनकुटाका पाख्रीबास, साँगुरीगढी, भोजपुरका टेम्केमैयुङ र अरुणलगायतका स्थानिय तह रहेका छन् । मधेस प्रदेशको सप्तरी जिल्लाका सप्तकोशी र कन्चनरुप, कर्णाली प्रदेशका रुकुम पश्चिमका चौरजहारी, मुसिकोट, त्रिवेणी, सल्यानका शारदा, छत्रेश्वरी, बागचौरलगायतका स्थानिय तहमा थ्रीजी बन्द हुनेछ ।

यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुकुम पूर्वका सिस्ने, भूमे, रोल्पाका थबाङ, गंगादेवलगायतका स्थानका साथै बागमती प्रदेशको मकवानपुरका हेटौडा, बकैया, मनहरी र राक्सिराङ जस्ता स्थानिय तहहरुमा थ्रीजी सेवा बन्द गर्न लागिएको एनसेलले जनाएको छ । यो सेवा बन्द भएपनि ग्राहकले भोल्टेको फाईदा लिन सक्छन् जसमा एकै समयमा भ्वाइसका साथै मोबाइल ब्रोडब्याण्ड सेवा अहिलेकै शुल्कमा प्रयोग गर्न सक्छिन् ।

भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रुपमा छिटो समयमा नै स्थापित हुन्छ । ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्छन् । *१२३*११# डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ। भोल्टे सक्रिय भएपछि ग्राहकहरुले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्ने हुन्छ ।

आफ्नो फोरजी नेटवर्क मार्फत एनसेलले देशैभर भोल्टे सेवा पु¥याइसकेको छ । भोल्टे प्रविधिको लाभ उठाउन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ । कुन कुन मोबाइल फोन ब्रान्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिने एनसेलले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नीजि विद्यालयमा वृद्धि गरिएको शुल्क प्रकृया पुर्‍याएर नगरेको अदालतको भनाई, कार्यान्वयन नगर्न अन्तरिम आदेश

Next Post

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.