राजविराज । तीन दिनअघि आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भूपेन्द्र थापाले सप्तरीको सेव ागर्ने मौका पाएकोमा भाग्यमानी ठानेको बताएका छन् ।
शनिबार राजविराजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले उक्त कुरा बताएका हुन् । ‘मेरो घर जुम्ला हो’ उनले भने, ‘तर मेरो सप्तरीसँग छुट्टै सम्बन्ध रहेको छ ।’
उनले आफूलाई सप्तरीकै शिक्षकले अध्यापन गराएको स्मरण गरे । यहींका शिक्षक जुम्ला पुगेर शिक्षा दिनुभएको छ’ उनले भने, ‘सप्तरीका शिक्षकहरु रामनारायण चौधरी, कुसुमलाल चौधरी, रामनरेश चौधरी, कलानन्द माझीसहितकाले आफूलाई शिक्षा दिनुभयो ।’
सप्तरीकै शिक्षकले शिक्षा दिएपछि आफू सीडीओ बनेर सप्तरीमै आउनुले आफू भाग्यमानी भएको उनले बताए । ‘सप्तरीका जनताको सेवा गर्न पाउँदा खुशी लागेको छ’ उनले भने, ‘यहाँको शान्ति सुरक्षा सुदृढ बनाउन, जनतालाई न्याय दिलाउन तत्पर रहनेछु ।’