ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

Loading

राजविराज । मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरलाई यस पटकको दशैंमा थप ब्यबस्थित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
दशैमा पूजापाठ र दर्शन गर्न भक्तजनलाई सजिलो बनाउन छिन्नमस्ता गाउँपालिकाले शनिबार आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले मन्दिरमा दशैमा श्रद्धालुको अत्यधिक भिड हुने भएकाले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड् दिए ।
कार्यक्रमका सहभागीहरुले पार्किङ, शौचालय, हुने गरेको चोरीमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चोरी, लुटपाट, मदिरा सेवन नियन्त्रण गर्न प्रहरी, प्रशासन तयार रहेको बताए ।
कानुनभित्र रहेर सबैले गतिविधी गर्नुपर्ने बताउँदै उनले कानुन बाहिर जाने जोकोहिलाई पनि कार्वाही हुने बताए । ‘यसमा सबैको सहयोग आवश्यक छ’ उनले भने ।
जिल्ला प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले सुरक्षामा कुनै कमी आउन नदिने बताए ।
सुरक्षाका निम्ति मन्दिरभित्र रक्सी पिएर जानेलाई प्रहरीले समातेर कानुनको दायरामा ल्याउने भन्दै उनले तोकिएको समय भन्दा बढी रक्सी पसल चलाउन नदिने बताए ।
भक्तजनलाई ठग्ने ब्यापारीलाई कानुनको दायरामा ल्याइने बताउँदै उनले माताको नाममा ठग्नेलाई छाड्न नमिल्ने बताए ।
नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवले छिन्नमस्ता गाउँपालिकामा अहिले युवा र कुरा बुझन सक्ने जनप्रतिनिधी आएको भन्दै पालिकाको विकास हुने विश्वास व्यक्त गरे । उनले राम्रा बिषयमा एकजुट भएर काम गर्न जनप्रतिनिधीसँग आग्रह गरे ।
मन्दिरका पिठाधिश महाकान्त ठाकुरले मन्दिरको गिलेशनको भाडा २ बर्षदेखि भाडामा दिएकाहरुले नतिरेको जानकारी गराए । उनले गिलेसनका सटरहरु कब्जा गरेरै राखेको बताए । यहाँका व्यापारी दरभंगाबाट ८० रुपैयाँ प्रतिकिलो दरमा पाइने बुनियाँ किनेर ल्याई यहाँ लड्डु बनाएर बेच्ने गरेको बताए ।
‘यो मन्दिर सबैको हो । प्रतिष्ठा यहाँकै बसिन्दाको जोडिएको छ’ उनले भने, ‘माताको शपथ खाएर यस्ता काम रोक्नु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको कुन क्षेत्रमा कति मतदाता ?

Next Post

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

निर्वाचनमा नेपाली सेनालाई परिचालन गरिने

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.