राजविराज । ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र राजविराजद्वारा दशैको अवसर पारेर शनिबार झाँकी प्रदर्शन र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
युवतीलाई माँ दुर्गाको रुपमा सजाएर झाँकी निकालएकाे छ । केन्द्र अगाडिबाट निकालिएको झाँकी नगरकाे विभिन्न भाग परिक्रमा गर्दै पुनः केन्द्रमै फर्किएको थियोे ।
त्यसअघि केन्द्रकै सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राजविराज क्षेत्रको मुख्य संचालिका राजयाेगिनी भगवती दिदीकाे अध्यक्षता र प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, समाजसेवी हरी प्रसाद सिंह, छिन्नमस्ता हस्पिटलका संचालक शैलेन्द्रमाेहन झा सहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ब्रह्मकुमार दिपक भाइजीद्वारा संचालित कार्यक्रममा केन्द्रका मुख्य संचालिका भगवती दिदिले अतिथिलाई इश्वरिय सौगात एवं टाेली प्रदान गरिएको थियो ।