ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 9, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको ४ प्रतिनिधीसभा क्षेत्रमध्ये ३ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक


Loading

८ मंसिर, राजविराज । सप्तरीको ४ प्रतिनिधीसभा क्षेत्रमध्ये ३ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । बिहीबार साँझसम्म सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेस, जनमत र जनता समाजवादी पार्टी (जसपा) ले १÷१ क्षेत्रमा विजयी हासिल गरेको छ ।

क्षेत्र नम्बर १ मा जसपाका उम्मेदबार नवलकिशोर साह विजयी भएका छन् । २३ हजार ५६४ मतसहित उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जनमत पार्टीका उम्मेदबार जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरे । नेपाली कांग्रेसका उम्मेदबार रामदेव साह १४ हजार ३१२ मतसहित तेस्रो स्थानमा रहे । साह कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

निर्वाचित साह यसअघि सप्तरी क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभामा निर्वाचित भई मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत बनेका थिए ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदबार दिनेश यादव निर्वाचित भएका छन् । २६ हजार १६६ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदबार ताराकान्त चौधरीले २२ हजार ३०० मत प्राप्त गरे । जनमत पार्टीका अनिस अन्सारीले १५ हजार ११४ मत प्राप्त गरे । पराजित भएका चौधरी नेकपा एमालेका जिल्ला अध्यक्ष समेत हुन् ।

निर्वाचित भएका यादव भने यसअघि लगातार ३ वटा निर्वाचनमा प्रतिस्पर्धा गरेपनि पराजित भएका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा, २०७० सालमा भएको दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधी सभामा प्रतिस्पर्धा गर्दा पनि उनी जित्न सकेका थिएनन् ।

यसअघि क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. सिके राउत निर्वाचित भएका छन् । ३५ हजार ४२ मत ल्याएर राउत निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए । लोसपा उम्मेदबार जयप्रकाश ठाकुर ७ हजार ३४७ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ४ को मतगणना जारी नै रहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका तेजुलाल चौधरी अगाडि छन् । ७ हजार ७६१ मत ल्याएर चौधरीले अग्रता बनाइरहँदा जसपाका उम्मेदबार बालकिशोर यादव ५ हजार ९६९ मतसहित दोस्रो र जनमत पार्टीका उम्मेदबार सुकदेव साह ५ हजार ८५० मतसहित तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

Next Post

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

खडकमा रोकिरहको टिपरमा दुई मोटरसाइकल एकै पटक ठोक्कियो, दुईको मृत्यु

सृजन सहकारीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

सृजन सहकारीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.