ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार


समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

Loading

मधेश सम्वाददाता
राजविराज, २४ पुस ।
सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्यहरु राजविराज कारागारको अनुगमन गरेका छन् । बर्षाैदेखि जिर्ण रहेका र क्षमताभन्दा बढी कैदी÷बन्दी राखिएको कारागार समस्या नै समस्याबाट ग्रसित हुँदै गएको सूचना पाएपछि उनीहरुले कारागारको शनिबार अनुगमन गरेका हुन् ।
क्षेत्र नम्बर २ को १ बाट निर्वाचित सतिश सिंह र २ को २ बाट निर्वाचित महेश यादवले कारागार अनुगमन गर्दै यहाँको समस्याबारे जानकारी लिएका छन् ।
१५५ जनालाई राख्ने क्षमता भएको यो कारागारमा अहिले ३७७ जना कैदी÷बन्दीलाई राखिएको छ । क्षमता भन्दा तेब्बर कैदीबन्दी भएपछि ठाउँ अभावका कारण अत्यधिक चिसोमा कतिपय कैदीबन्दीलाई टिनको छाना लगाएर भुँइमै न्यानो कपडा राखी सुताउने गरिएको छ ।
जिर्ण बन्दै गएको कारागारमा क्षमताभन्दा बढी व्यक्तिलाई कोचिएर राखिएको मात्र होइन् दरबन्दी अनुसारको सुरक्षाकर्मी समेत छैन् ।
यसबाहेक विद्युतको लाइन कट्दा अँध्यारो हुन्छ कारागारमा । कारागार कर्मचारीका अनुसार जेनेरेटर र इन्भर्टर समेत नहुँदा विद्युतको लाइन गएपछि यहाँ अँध्यारोको सामना गर्नुपरिरहेको अवस्था छ । लाइन कट्ने बेला मोवाइल बालेर या टर्च लाइटले सुरक्षाकर्मी निगरानी गर्न बाध्य छन् ।
क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी भएपछि शौच गर्नेदेखि खाना पकाउन र खान समेत लाइन लाग्नुपर्ने समस्या छ ।
हाल कारागारमा पारालाइसिस रोगले थलिएका ६ जना जेष्ठ नागरिक कैदीबन्दी पनि छन् । उनीहरुलाई चिसोबाट जोगाउन र व्यवस्थापन गर्न समस्या भएपनि उपलब्ध श्रोत साधनले हरसम्भव सहयोग गरिरहेको कारागार प्रशासनले जनाएको छ ।
मुलुककै पुराना कारागार मध्ये एक राजविराज कारागारको जग्गा २ विघा १३ धुर क्षेत्रफल भएपनि १ विघा जग्गा अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणको बिषयमा यसअघि पटक–पटक आवाज उठेपनि राज्यले कुनै किसिमको ध्यान दिएको छैन् ।
कैदी बन्दी बस्ने ठाउँ मात्र नभई खटिएका सुरक्षाकर्मीहरुको बास बस्ने आवास समेत जीर्ण अवस्थामा रहेको छ । यो कारागार राणाकालमै २००८ सालमा निर्माण भएको हो ।
कारागारको भवन तथा भित्ताहरुको अवस्था हेर्दा कुन बेला भवन नै ढल्ने हो वा कुन बेला भित्ता फोडेर कैदी भाग्ने भन्ने चिन्ताले राम्रोसँग सुत्न समेत नपाइरहेको कारागारका कर्मचारी र सुरक्षाकर्मी बताउँछन् ।
कारागारको अनुगमन गर्दै प्रदेश सभा सदस्य महेश प्रसाद यादवले कारागारको सुधारका लागि केन्द्रदेखि प्रदेश सरकार समेतले ध्यान दिनुपर्ने बताए । उनले यसका लागि आफुले पनि सक्दो पहल गर्ने बताए ।
अर्का प्रदेश सभा सदस्य सतिश सिंहले कारागारमा जग्गा अतिक्रमण लगायत अन्य विभिन्न समस्याहरु आफुले जानकारी पाएको बताउँदै कैदीबन्दीहरुले भोग्नु परिरहेको समस्या तत्कालै समाधान हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सृजन सहकारीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

Next Post

चोरिएको साइकल बेच्दै गर्दा …

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

चोरिएको साइकल बेच्दै गर्दा ...

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

गाउँमै पञ्चायती मार्फत् मिलाउन खोजिएको बलात्कार घट्ना ः दोषीलाई १३ बर्ष कैद

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.