ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गाउँमै पञ्चायती मार्फत् मिलाउन खोजिएको बलात्कार घट्ना ः दोषीलाई १३ बर्ष कैद

Loading

मधेश सम्वाददाता

राजविराज, २८ पुस ।

गाउँमै पञ्चायती मार्फत् मिलाउन खोजिएको बलात्कार घट्नाका दोषीलाई सप्तरी जिल्ला अदालतले कैद तोक्दै पििडत परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन आदेश दिएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ की १८ बर्षीया युवतीको २९ भदौ २०७७ मा सामूहिक बलात्कार भएको थियो । बलात्कार घट्नालाई गाउँमै मिलाउन खोज्दा पीडित युवतीले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

उक्त बलात्कार घट्नामा संलग्नलाई कैद सजाय तोक्ने फैसला बिहीबार अदालतले गरेको छ । यसअघि अदालतले पंचायतीमा संलग्न व्यक्तिहरुलाई कैद तोकिसकेको छ ।

सामुहिक जबरजस्ती करणी गर्ने मुख्य प्रतिवादी बब्लु मण्डल र रंजित मण्डललाई जनही १३ बर्ष कैद र उनीहरुबाट पीडित परिवारलाई जनही रु एक÷एक लाख क्षतिपुर्ती वापत भराउने आदेश अदालतले दिएको श्रेष्तेदार कुमार मास्केले जानकारी दिए ।

जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासले सोही घटनामा मतियार रहेका धर्मानन्द मण्डललाई मुख्य प्रतिवादीलाई भएको कैद सजायको आधा ६ वर्ष ६ महिना कैद र रु एक लाख रुपैया पीडित परिबारलाई क्षतिपुर्ती भराउने फैसला सुनाएको छ । उक्त घट्नामा संलग्न मतियार भई हालसम्म फरार रहेका बिष्णु मण्डलको हकमा उनी पछि पक्राउ परेका बखत मुद्दा जगाउने गरि हाल मुल्तबीमा राखिएको मास्केले जानकारी दिए ।

पञ्चायत बसेर गाउँमै मुद्धा मिलाउन खोज्ने प्रतिबादी शत्रुघन मण्डल र उजित मण्डललाई यस अघि १८ पुसमा अदालतले मुख्य प्रतिबादीको हकमा कसुर ठहर सम्बन्धी निर्णय हुँदा नै जनही एक÷एक बर्ष कैद र रु २५ हजारका दरले जरिवाना गर्ने निर्णय सुनाइसकेको छ । पञ्चायतमा बसी निर्णयमा समर्थन गर्ने अन्य प्रतिबादीहरुलाई जनही २०÷२० हजार जरिबाना र जनही २५ हजार क्षतिपुर्ती भराउने गरि मुख्य प्रतिबादीको कसुर ठहर गर्दा नै सजाय ठहर गरि सकिएको छ ।

जबरजस्तीको घटना पछि गाउँमा पन्चायत बसी पीडित परिवारलाई रु २५ हजार दिएर मुद्दा मिलाउन गाउँकै अगुवाहरुले दबाब दिएका थिए । गाउँमा नमिले सामाजिक बहिस्कार गर्ने धम्की दिएपछी पीडितले भोलिपल्ट ३० भदौमा आफ्नै घरको बलेसीमा झुण्डिएर आत्महत्या गरेकी थिइन ।

एकल महिला रहेकी उनकी आमाले छिमेकीको जग्गा भाडामा लिएर धान खेती गरेको र सोही खेतमा घाँस काटन गएको बेला युवतीलाई प्रतिबादीहरुले सामूहिक बलात्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

Next Post

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.