ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता


पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

Loading

मधेश सम्वाददाता

राजविराज, २८ पुस ।

सप्तरीमा पण्डित, पुरोहित, मौलाना र प्रहरीबीच बालविवाह बिषयमा कानुनी प्रावधान बिषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

बालविवाह विरूद्ध प्रदेश स्तरीय संजाल, परिकल्पना नेपाल तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा यो अन्तरकृया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पण्डित, पुरोहित, मौलानाले बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कसैले विवाह गर्दा या गराउँदा कानुनमा भएको कुरा आफूलाई थाहा थिएन भनेर पन्छिन नपाइने बताए । उनले बालविवाह गराउनेलाई दण्डको हकदार हुनुपर्ने भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।

थापाले अहिले पनि समाजमा अन्धविश्वास कायमै रहेकोले धार्मिक विश्वास, अन्धविश्वास हटाउन पण्डित, मौलानाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख अबिनारायण काफ्लेले बालबालिकाहरूलाई कुलतमा लाग्न नदिन शुरूमा अभिभावक सचेत हुनुपर्ने बताए । उमेर बढाउने जनप्रतिनिधिहरू पनि जिल्लामा कानुनी सजाय भोगिरहेको भन्दै उनले यस्ता घटना नदोहो¥याउन आग्रह गरे ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले बालविवाह न्युनीकरण गर्न जटिल भएपनि न्युनीकरण गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा पण्डित श्यामसुन्दर झाले पण्डितलाई विवाहमा विधि पुर्याउन बोलाउने हुनाले बेहुला बेहुलीको उमेर थाहा नहुने बताए । उनले समाजमा बालविवाह अहिलेपनि अभिश्राप रहेकोले यसलाई जरैबाट उखेल्न आवश्यक रहेको बताए ।

पण्डित कमलकान्त झाले सरकारले राज्यबाटदिने सुविधाबाट बन्चित नगरेसम्म बालविवाह न्युनीकरण नहुने बताए ।

कार्यक्रममा राजविराज नगरपालिका वडा नं १ का वडा सदस्य खेलानन्द यादव, पण्डित नितान्त झा, मौलाना मो. तेईस लगायतले बालविवाह न्यूनकरणको सन्दर्भमा धारणा राखेका थिए ।

परिकल्पना नेपालका अध्यक्ष सुधा देवले उद्देश्यबारे जानकारी गराएको कार्यक्रममा सह सचिव पिंकी मण्डलले संचालन गरेकी थिईन् भने स्वागत मन्तव्य सवाना प्रबिणले दिएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

चोरिएको साइकल बेच्दै गर्दा …

Next Post

गाउँमै पञ्चायती मार्फत् मिलाउन खोजिएको बलात्कार घट्ना ः दोषीलाई १३ बर्ष कैद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

गाउँमै पञ्चायती मार्फत् मिलाउन खोजिएको बलात्कार घट्ना ः दोषीलाई १३ बर्ष कैद

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.