राजविराज । राष्ट्रिय योजना आयोगको सदस्यमा सप्तरीका डा. जयकान्त राउत नियुक्त भएका छन् । राउत जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका आफ्नै दाजु हुन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राउतलाई आयोगको सदस्यमा नियुक्त गरेका छन् । नियुक्त भएका राउत नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान (नाष्ट) मा कृषि वैज्ञानिक बनेका थिए ।
उनी ४ मंसिरमा भएको चुनावमा सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदबारी दिएका थिए । सो क्षेत्रबाट जसपाका नवलकिशोर साह निर्वाचित हुँदा उनी दोस्रो भएका थिए ।