ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ


पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

Loading

राजविराज । सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ५ (साविकको पिप्रा पूर्व गाविस ९) का रामफल मुखिया (५६) बजारमा किनमेल गरी साइकलमा आफ्नो घरतर्फ गइरहेका थिए । घर जाने क्रममा ४ चैत्को दिउँसो उनलाई प्रहरीको एक टोलीले कंचनपुर बजारमा रोकेर नाम सोध्छन् । नाम बताउनेवित्तिकै प्रहरीले ‘तपाईंमाथि पुरानो मुद्दा छ’ भन्दै प्रहरी कार्यालय जान भन्यो । उनी ‘अहिले जान सक्दिनँ’ भने । तैपनी प्रहरीले बलजफ्ती गाडीमा बसाइहाले ।

प्रहरीले तत्कालै उनलाई इलाका प्रहरी कार्यालय, कंचनपुर पु¥याए । मुखिया अक्क न बक्क भए ।

मुखियालाई प्रहरीले लिएर गएपछि उनको परिवारबाट नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले जानकारी पाए । ‘फोन आएपछि मैले पुरानो घट्ना सम्झें’ मेयर गुप्ता भन्छन्, ‘मुखियालाई यसअघि पनि प्रहरीले बिना कारण पक्राउ गरी ५ महिनाभन्दा बढी समय थुनामा राखेको थियो । पछि उनी आफैं निर्दाेष सावित भएका थिए ।’

शनिबार राति पक्राउ गरिएका मुखियालाई प्रहरीले आईतबार जिल्ला अदालतमा पेश ग¥यो । अनि, मेयर गुप्ता पनि सदरमुकाम राजविराज पुगे । उनले कानुन व्यवसायी मार्फत् जिल्ला सरकारी वकीलको कार्यालयबाट मुखियाको पुरानो फायल झिक्न लगाएर अदालतमा पेश गराए । पेश गरे लगत्तै उनलाई छाड्न अदालतले आदेश दियो । अदालतले छाड्ने आदेश दिइरहेसम्म उनको हातमा हत्तकडी लगाइएकै थियो ।

मुखियालाई यसअघि ४ जेठ २०७३ मा जिल्ला अदालतबाट खटेको डोर कर्मचारीले प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । उनीमाथि आरोप थियो, ‘१३ कात्तिक, २०४२ मा डाँका गरेको तथा थुनाबाट कैदी बन्दी भगाएको ।’

यो आरोपमा अदालतले मुखियालाई ६१ वर्ष ४ महिना १९ दिन कैद सजाय हुने फैसला सुनाएको थियो ।

उनलाई पक्राउ गरेपछि अदालतले कारागार चलान गर्ने आदेश दियो । उनी ५ महिना २० दिन कारागारमै बसेपछि निर्दाेष सावित भए । कारण, नाम र ठेगाना एउटै भएपनि मान्छे चाहीं फरक थिए ।

प्रहरीले वास्तविक अभियुक्तलाई नसमातेको जानकारी पाएपछि अधिबक्ता श्याम पोखरेलले तत्कालिन पुनरावेदन अदालत राजविराजमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरे ।

घट्नाका आरोपी रामफलका बुवाको नाम कलमा मुखिया मलाह थियो भने यी निर्दाेष रामफलको बुवाको नाम फिरंगी मलाह । ‘उनलाई शुरुमै पक्राउ गर्दा न त प्रहरीले उनको वास्तविक परिचय खोजे, नत अदालतकै कर्मचारीले’ अधिबक्ता श्याम पोखरेल भन्छन्, ‘तत्कालै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेपनि फायल र मिसिल ल्याउन ढिलो गरिँदा उनलाई ५ महिना २० दिन कारागारमा बस्नुपरेको दुःखद अवस्था आएको थियो ।’

फायल र मिसिल आएपछि उनलाई पुनरावेदन अदालतले छाड्न आदेश दिएको थियो । प्रहरी समात्न जाँदा बायोडाटासहित जानुपर्छ तर, बिना बायोडाटा जाँदा निर्दाेष व्यक्तिहरु दुःख पाइरहेको अधिबक्ता पोखरेलको भनाई छ ।

‘त्यस बेला भर्खरै जन्मिएको छोराको न्वारन हुने दिन नै प्रहरीले आफूलाई समातेको थियो’ मुखिया सम्झन्छन्, ‘न्वारनको तयारी गरेपनि सहभागी हुन पाएनौं’ उनी भन्छन्, ‘जेलमा आँशु बगाएर बस्नुपरेको थियो ।’

अभियुक्तसँग नाम र ठेगाना मिलेकै कारण निर्दोष भएर रामफलले जेल बस्नुपर्ने अवस्था दुःखद भएको अधिबक्ता पोखरेल बताउँछन् ।

घट्ना भएकै मितिदेखि वास्तविक अभियुक्त रामफल भने फरार छन् । यद्यपी फरार अभियुक्तको खोजी र पक्राउ गर्ने क्रममा नाम र ठेगाना मिलेकै भरमा अर्का निर्दोष व्यक्तिलाई जेलमा पु¥याउनु बिडम्बना भएको मेयर गुप्ताले बताए ।

पुनः लाग्यो नखाएको बिष

सप्तरी प्रहरीले अहिले अदालतबाट कैद र सजाय तोकिएका व्यक्तिको खोजी गर्ने अभियान चलाएको छ । यो अभियान अन्तर्गत रु ५ देखि लाखौंसम्म जरिवाना तोकिएका व्यक्तिदेखि १ दिनदेखि सर्वस्वसहित जन्मकैदका व्यक्ति पक्राउ परिरहेका छन् ।

यहीं अभियान अन्तर्गत प्रहरीले रामफललाई दोस्रो पटक बिना कारण समातेर दुःख दिएका छन् ।

२४ कात्तिक २०७३ मा निर्दाेष सावित भई छुटेका रामफल बिना कारण पाएको त्यो पीडालाई भुल्दै घरायसी र सामाजिक कामकाजमा लागिपरेका थिए ।

२ असोज, २०७४ मा स्थानीय तहको निर्वाचन भयो । त्यो निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट कंचनरुप नगरपालिका वडा नम्बर ५ को सदस्यमा निर्वाचित भए । आफ्नो कार्यकाल सकाएर उनी खेतीको काममा लागिपरेका थिए । विगतमा बिना कारण जेल बस्नुपरेको बिर्सिसकेका थिए उनले ।

किनमेल गर्नका लागि गाउँको नजिकैको बजार कंचनपुर आएका थिए ४ चैतमा उनी । किनमेल गरेर घर फर्किदैं गर्दा दोस्रो पटक प्रहरीद्वारा पक्राउ परे उनी । मुखिया भन्छन्, ‘नखाएको बिष किन यसरी पटक–पटक लागिरहन्छ ?’

मुखिया निर्दाेष रहेको बुझेका नगरपालिकाका मेयर गुप्ताले यसबारे इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी दीपक रायलाई जानकारी गराए । तर, उनले यो पत्याउनै मानेनन् । मेयर गुप्ता भन्छन्, ‘मुखिया निर्दाेष रहेको र तत्काल छाडिदिन आग्रह गरेको थिएँ । तर डीएसपीले मानेनन् ।’

मेयर गुप्ताले उनी निर्दाेष रहेको कागजात दिने बताएपनि नमानेर सिधैं अदालत लगेको बताए । ‘अपराध गर्नेलाई कार्वाही हुनैपर्छ, तर निर्दाेष व्यक्तिलाई अनाहकमा दुःख दिने काम प्रहरीबाट हुनुहुँदैन्’ उनी भन्छन् ।

यसबारे सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले आफूलाई जानकारी नभएको बताए । ‘आफूलाई यसबारे जानकारी छैन्’ उनी भन्छन्, ‘बुझ्ने काम गर्दैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भदैयामा दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

Next Post

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

थ्रेसरमा कपाल अल्झिएकी महिलाको मृत्यु

मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.