ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास


बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

Loading

राजविराज । बाढी आएर सर्वसाधारण डुबे कसरी बचाउने सन्दर्भमा बुधबार सप्तरीको दुई पालिकामा पूर्व अभ्यास गरिएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा पानीमा डुबेकाको उद्धार गर्ने तरिकाबारे पूर्व अभ्यास गरिएको छ । डाक्नेश्वरीमा सशस्त्र प्रहरीको टोलीले र रुपनीमा नेपाली सेनाको टोलीले पूर्व अभ्यास गरेको हो ।

सशस्त्र प्रहरी र नगरपालिका बीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुविधा नहोस् भन्ने उदेश्यका साथ डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित पोखरीमा अभ्यास गरिएको छ ।

डाक्नेश्वरी नगरपालिकाको आयोजनामा भएको विपद प्रतिकार्य अभ्यासमा सशस्त्र प्रहरी बल राजविराज, सशस्त्र प्रहरी बल पातो र डक्नेश्वरी नगरपालिकाको पदाधिकारी तथा कर्मचारीहरुको उपस्तिथि थियो । सशस्त्र प्रहरीको उद्धार टोलीले आगलागी, भुकम्प, बाढीपहिरोबाट हुने जनचेतना अभ्यास गरेका छन् ।

टोलीले परिमार्जित उद्धार तरिकाको प्रयोग र प्रदर्शन, स्वीफ्ट वाटर रेस्क्यु, राफ्ट उद्धार, रबर बोटको फ्लिप रिफ्लिप प्रदर्शन, डोरीबाट उद्धार,बाढीबाट प्रभावित समूदायका पीडितको उद्धार कार्यको प्रदर्शन तथा अभ्यास गरे ।

कार्यक्रम पश्चात् नगरपालिका मेयर रामलखन मलाहले सिमित श्रोत र साधनका वावजुद सशस्त्र प्रहरीले उद्धार कार्यमा उच्च निपुणता देखाएको र विपद व्यवस्थापनको लागि चाहिने आवश्यक सहयोग गर्न नगरपालिका तत्पर रहेको बताए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक बाल कृष्ण श्रेष्ठले आगलागी , भुकम्प , डुबान, कटान र नदीमा डुबेको व्यक्तिलाई आफुसंग उपलब्ध साधन श्रोत र उद्धार सामग्रीको प्रयोग गरेर नजिकको सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउने जस्ता अभ्यास गरिएको स्पष्ट पारे ।

यस्तै, रुपनी गाउँपालिका वडा नम्बर २ स्थित कुर्नी पोखरीमा बाढीबाट जनतालाई जोगाउने पूर्व अभ्यास गरिएको छ । नेपाली सेनाको बरख गणद्धारा आयोजित उक्त कार्यक्रममा बाढीको समयमा कुनै व्यक्ति नदीनालामा डुबे कसरी बचाउने, डुँगा डुबे कसरी बचाउने सम्बन्धी पूर्व अभ्यास गरेका हुन् ।

सेनाको टोलीले बाढी तथा पानीमा डुबेकाहरुको उद्धार गरी प्राथमिकताको आधारमा एम्बुलेन्समा राखेर अस्पतालसम्म पु¥याउने प्रकृया देखाएका थिए ।

त्यस अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बाढीको समयमा सुरक्षाकर्मी, जनप्रतिनिधी मिलेर काम गर्नुपर्ने बताए । उनले बाढी आउनु पूर्व नै यस्तो अभ्यास गरिएकाले काम गर्न सहज हुने बताए ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले सबै मिलेर विपद्को सामना गर्नुपर्ने बताए ।

बरख दल गणका गणपति दुर्गाबहादुर थापाले यस्तो अभ्यास कोशी व्यारेजमा पनि गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

Next Post

बढ्दो गर्मी : राजविराजका विद्यालयमा २३ गतेसम्म विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

बढ्दो गर्मी : राजविराजका विद्यालयमा २३ गतेसम्म विदा

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

नेपालमा कुन धर्म मान्ने कति ?

नेपालमा कुन धर्म मान्ने कति ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.