ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

Loading

जनकपुरधाम । मधेस प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले संघीयताको संस्थापक मधेस प्रदेश रहेकोले मधेस प्रदेश सरकारले अरु प्रदेशभन्दा फरक एवं प्रगतिशिल काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा बोल्दै संघीयताप्रति समुदायमा सकारात्मक सन्देश जाने गरी कामकाज गनुपर्ने बताए । उनले सरकारले गरेको कामकाजलाई प्रोत्साहन गर्दै सबैले मिलेर अनिवार्य रुपमा पूर्व शर्तहरु अनुरुप अगाडि बढ्नुपर्ने बताए ।

‘आगामी दिनहरुमा नेपाल सरकार तथा मधेस सरकारले लिएको नीति तथा कार्यक्रमहरुलाई आत्मसात गरी आम जनमुदायसमक्ष पुर्याउन ढृढ संकल्प गरी अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘पछिल्लो सरकारले सकारात्मक पक्षलाई आत्मसात र नकारात्मक पक्षलाई त्यागेर अगाडि बढ्नुपर्छ ।’ उनले सेवा एवं वितरण प्रणालीलाई न्यायिक बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री यादवले प्रदेश सरकार र खासगरी शिक्षा तथा समाज कल्याण मन्त्रालयले गरेको कामको प्रत्याभूति आम जनतासमक्ष पुर्याउनुपर्ने बताए । आफूहरुको मुख्य लक्ष्य नै  जनताको सेवा गर्ने रहेको बताउँदै उनले राजनीति गर्ने व्यक्ति र राष्ट्रसेवक कर्मचारीको पनि काम र कर्तव्य त्यही रहेको बताए ।

‘जिम्मेवारी समयमै इमानदारीपूर्वक कार्यसम्पादन गर्नुपर्छ,’ उनले भने,‘कामको बहानामा ढिला सुस्ती हुनुभएन, कार्यालय समयभित्र कर्मचारी हाजिर हुनुपर्छ । प्रकृयामुखी भन्दा ग्राहकमुखी वा नतिजामुखी नीति तथा व्यवहार अवलम्बन गर्नु आजको आवश्यकता हो ।’

उनले शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा मातहतका निकायहरुबीच कार्यसम्पादनमा आर्थिक मितव्यतिता अपनाउन समेत आग्रह गरे । साथै मन्त्रालय वा मातहतका निकायका प्रमुखहरुसँग भए गरेका कामहरुको प्रगतिका विषयमा हरेक ३ महिनामा सम्बाद हुनुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

Next Post

नेपालमा कुन धर्म मान्ने कति ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपालमा कुन धर्म मान्ने कति ?

नेपालमा कुन धर्म मान्ने कति ?

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

कंकालिनी मन्दिर विकास समितिकाे अध्यक्ष पदमा चार जनाकाे उम्मेदवारी 

कंकालिनी मन्दिर विकास समितिकाे अध्यक्ष पदमा चार जनाकाे उम्मेदवारी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.