ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

Loading

राजविराज । विष्णुपुर गाउँपालिकामा राजनीतिकमा लागेका शिक्षकलाई धमाधम स्पष्टिकरण सोध्न शुरु गरिएको छ । शिक्षक राजनीतिमा लागेपछि विद्यार्थीको पठनपाठन कमजोर भइरहेको भन्दै गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले विद्यार्थीको पठनपाठनमा समय दिनुपर्ने शिक्षक राजनीतिकमा लागिरहे त्यो स्वीकार्य नहुने बताए ।

गाउँपालिकाको वडा नम्बर १ स्थित जनता मावि खुरहुरियामा शुक्रबार आयोजना गरिएको अभिभावक भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले पढाउन छाडेर राजनीतिमा लागेका शिक्षक कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । ‘बरु गाउँपालिकाबाट अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं’ उनले भने, ‘तर, पढाउन छाडेर राजनीति गर्ने शिक्षक कुनै हालतमा स्वीकार्य हुँदैन् ।’

विद्यालय सुधारका क्रममा हाल गाउँपालिका मातहतका विद्यालयहरुमा अनुगमन तिब्र बनाइएको उल्लेख गर्दै अध्यक्ष यादवले अनुगमनका क्रममा पुग्ने टोलीलाई असहयोग गर्ने र विभिन्न बहाना देखाई भाग्ने शिक्षक आफ्नै पार्टी निकटको भएपनि नछाडिने चेतावनी दिए । ‘स्थानीय सरकारलाई प्राप्त अधिकार कडाईका साथ प्रयोग ग¥छौं’ उनले भने ।

केही दिनअघि यस विद्यालयमा शिक्षा शाखाका पदाधिकारीसहितको टोली लिएर अनुगमनमा आउँदा पठनपाठनको अवस्था सन्तोषजनक नरहेको अधिकांश विद्यार्थी तथा अभिभावकले गुनासो गरेको सुनाउँदै उनले भने, ‘गुनासो आउने क्रम अझै जारी रहेपछि सम्बन्धित दुई जना शिक्षकलाई स्पष्टिकरण सोधिएको छ ।’

स्पष्टिकरणमा परेका शिक्षकहरु आफ्नो गल्ति त्रृटी सुधार्नुको सटा शिक्षक संघ र युनियनमा सहयोगका लागि गुहार्न पुगेको र अनावश्यक बखेडा झिकेर विद्यार्थीको जिवनसँग थप खेलवाड गर्न खोजेको उनको आरोप थियो ।

गाउँपालिकाले स्पष्टिकरण सोधेपछि शिक्षक महासंघले बिज्ञप्ती जारी गर्दै उक्त स्पष्टिकरण अबिलम्ब फिर्ता लिन माग गरेको थियो ।

उनले जिल्लाको पुरानो मध्येका एक यस विद्यालयलाई नमूना विद्यालयको रुपमा स्थापित गर्न आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

वडा अध्यक्ष बलराम यादवको अध्यक्षतामा आयोजित अभिभावक भेलामा प्रधानाध्यापक अशोक कुमार यादव, शिक्षक महिनारायण यादव, पूर्वप्रअ रामनारायण यादव, विद्यालय ब्यवस्थापक समितिका पूर्वअध्यक्ष ओमप्रकाश यादव, अभिभावक विष्णुकान्त यादवलगायतले शिक्षा सम्बन्धमा विचार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

Next Post

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

नेपालमा कुन धर्म मान्ने कति ?

नेपालमा कुन धर्म मान्ने कति ?

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.