राजविराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले अनुचित रकम माग गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै कुनै पनि व्यक्तिले बिभिन्न बहानामा मिलाई दिने भनी अनुचित रकम माग गरेको सोको जानकारी गराउन भनेको छ । जानकारी गराइएमा यस्तो गरेको पाइएपछि कानुन बमोजिम कार्वाही हुनेछ’ सहायक प्रमुख जिल्ला अधिकारी लेबन कश्यप अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।
कार्यालयबाट अनुचित लेनदेन (मिटर व्याज) सम्बन्धमा छलफल भई विवाद निरुपण गरिदैं आएको जनाउँदै सूचनामा हालको दिनहरुमा अनुचित लेनदेदन पक्ष र विपक्षलाई बिभिन्न विचौलियाका नाममा संघर्ष समितिका नामसहित अन्य नाममा प्रलोभनमा पारी मिलाइदिन्छु भनी रकम असुली गरेको लिखित एवं मौखिक उजुरी तथा गुनासो प्राप्त भएको सूचनामा जनाएको छ ।
कार्यालयले अनुचित लेनदेन जाँचबुझ आयोगको निर्णय एवं मार्गदर्शन र मुलुकी देबानी संहिता २०७४ लगायत अन्य तोकिएको नियम कानुनभित्र रही अनुचित लेनदेनको छानबिन र छलफल गरिरहेको जनाएको छ ।
छलफलमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, पीडक र पीडित पक्ष रहने व्यवस्था गरिएको र तोकिएको विधी प्रकृया तथा कानुन बमोजिम सहमति थगराउँदै गथराउने गरिएको जनाउँदै सूचनामा भनिएको छ, ‘यस बिषयमा कुनै पनि रकम तिर्न बुझाउन नपर्ने भएकोले कसैलाई पनि रकम नदिन अनुरोध गर्दछ ।’