राजविराज । सप्तरी सदरमुकाम राजविराजमा सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव आयोजना हुने भएको छ ।
आगामी कात्तिक ११ देखि दुई सातासम्म महोत्सवको आयोजना गरिने भएको हो ।
सप्तरी युथ नेपालले आयोजना गर्ने महोत्सवमा स्थानीय परिकार , कृषि, सांस्कृति, बाल उधान राखिने सप्तरी युथको उपाध्यक्ष मोहन यादवले बताए ।
१५ दिन लाग्ने उक्त मेलाको एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको आयोजकले शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गरि जनाएको छ ।
महोत्सवमा प्रत्येक दिन कलाकारको प्रस्तुति समेत रहने मेला समितिका संयाेजक सचेन्द्र यादवले बताए ।