ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।


घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

Loading

९ चैत्र, राजबिराज ।

अनिता सदाको विहे भएको झण्डै ९ वर्ष भई सकेको छ । यो ९ वर्षमा उसले धेरै उतार चढाव भोगेकी छिन् । शुरुमा विहे भएर आएको दुई वर्ष सम्म घरमा चर्पी नहुदाँ बाहिर जानु पर्ने जसको कारणले घाम नझुल्कीदै विहानै परसम्म जानु पथ्र्यो । अलिक अवेर भयो भने डर लाग्ने र चर्पीको लागि साथी खोजेर जानु पर्ने एक्लै जान डर लाग्ने गरेको उनले बताईन ।  विहे भएको डेढ वर्ष पछि गाँउमा खुला दिसा मुक्त अभियानको थालनी भयो र हामीले पनि घरमा चर्पी वनायौं त्यस पछि निरन्तर घरको सवै सदस्य चर्पीमै दिसा पिसाब गर्ने गरेका छन ।

चर्पी त बन्यो हामी ढुक्क पनी भयौ र अर्को समस्या पुनः हामीले भोग्नु पर्यो । चर्पीको लागि तथा खानेपानी लगायत अन्य वस्तु भाउको लागि पनि पानी नभई नहुने कुरा हो आफनो घरमा कल नभएकोले गाँउको सार्वजनिक कल बाट पानी वोकेर ल्याउनु पर्ने कहिले काहि सार्वजनिक कल बिग्रदा वा सार्वजनिक कलमा पानी लिनेको धेरै भिड हुँदा अरुको घरबाट पानी ल्याउदा कुराहरु सुन्नु पथ्र्योे । हामीले चाहेर पनि कल गाड्न सक्दिनथियौ किनभने यता जमिनमुनी ढुंगै माटो भएकोले पानीको श्रोत जमीनको धेरै तल रहेको र त्यसको लागि कल भन्दा पनि डिप बोरिंग जडान गर्नु पर्ने हुन्थयो जुन गाड्ने हाम्रो क्षमता थिएन त्यहि भएर हामी हाम्रो कर्म नै यहि हो भनेर जीवन जिउन बाध्य थियौं ।

करीव ४ वर्ष अगाडि सबल नेपालका कर्मचारीहरु हाम्रो गाँउमा सरसफाइ सम्बन्धी अभियान संचालन गर्न थाले पछि हामीले पानीको महत्वको वारेमा बुझ्यौ स्वास्थ्य जिवन जिउनका लागि अति आवश्यक कुरा नै पानी रहेको जानकारी भयो तर इच्छा हुँदा हुँदै पनि हामी स्वस्थ पानीमा हाम्रो पहुँच हुन सकि रहेको थिएन तर सबल नेपालले यहाँको जनताका लागि सुरक्षित पानीमा पहुँचका लागि गरेको प्रयास, स्थानीय निकायको सक्रियता, नगर प्रमुख, नगर उपप्रमुख एवं वडा अध्यक्ष तथा यस वडाका समितिको अथक प्रयासले आज हामीले शुद्ध र सुरक्षित खानेपानी पिउन सकेका छौ ।

 

यो घटना सिरहा जिल्ला अन्र्तगतको कर्जन्हा नगरपालिका वडा नं १ बाल्टिया सदा वस्तीमा बस्ने अनिता सदाको हो । अनिता सदा मात्र एक पात्र हुन तर यस्तो समस्या प्राय जसो यस वस्तीमा रहेको सवै घरको रहेको थियो । १६ देखि २० घरधुरी रहेको सदा वस्ती अहिले सरसफाइको क्षेत्रमा नमुना वस्तीको रुपमा रहेको छ । यहाँ प्रत्येक घरमा चर्पी, खानेपानीको लागि धारा एवं स्वछता व्यवस्थापन गरिएको छ ।

सबल नेपालले सन् २०१८ देखि सिरहा जिल्लाको विभिन्न नगरपालिका तथा गाँउपालिकाहरुमाBMZ/VCAको सहयोगमाWelthHungerHilfeर सबल नेपालको साझेदारीमाUp-scaling WASH System Strengthening Approach in the Terai Region of Nepal (NPL 1082-22)संचालनमा रहेको छ । यस परियोजनाको मुख्य लक्ष्य सामुदायिक संलग्नता मार्फत पानी सरसफाइको उपलब्धता र दिगो व्यवस्थापनलाई प्रर्वद्धन गर्नु, उपभोक्तालाई गुणस्तरीय खानेपानी सरसफाइ र स्वच्छता सेवा उपलब्ध गराउनु तथा स्थानीय शासनको क्षमतामा अभिवृद्धि गराई उनीहरुको अपनत्व बोध गराई नेतृत्व कायम गराउनु रहेको छ ।

यस कार्यक्रमको माध्यमले तथा कर्जनहा नगरपालिकाको सक्रियता तथा साझेदारीमा स्थानीय जनतालाई सुरक्षित पानीमा पहुँचको लागि कुल १ करोड ६४ लाख ६८ हजार ८ सय १५ रूपैयाको लागतमा खानेपानी आयोजनाको निर्माण गरिएको छ जसका लागि कुल लागत मध्ये सबल नेपालले ७० लाख ५ हजार ९ सय ५५ रूपैया, कर्जन्हा नगरपालिकाले ९० लाख ७४ हजार ३ सय ७३ रूपैया तथा बाँकि रकम स्थानीय उपभोक्ताले ३ लाख ८८ हजार ४ सय ८६ रूपैया ब्योहोरेका थिए ।

दिगो विकास लक्ष्य २०३० सम्म सवैलाई सुरक्षित खानेपानी तथा सरसफाइको पहुँचमा उपलब्धता गर्नु हो । जस अन्र्तगत सबल नेपालले संचालन गरेको यस परियोजनाले कर्जन्हा नगरपालिका वडा नं १ का ६ सय १९ घरधुरीमा अहिले सुरक्षित पानीको सहज पहुँच भएको छ । यसको दिगोपनाको लागि उक्त खानेपानी आयोजना स्थानीय नन्दबाबा खानेपानी उपभोक्ता समितीको जिम्मा दिईएको एवं वडासंगको सहकार्यमा प्रति घरबाट महिनाको रु ८० न्युनतम महसुल राखिएको छ जसमध्ये १० युनिट निशुल्क उपभोक्ताले प्रयोग गर्ने छ भने त्यसपछि प्रति युनिटको ६ रूपैया दरले संकलन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

Next Post

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

डाक्नेश्वरीमा होली मिलन समारोह

डाक्नेश्वरीमा होली मिलन समारोह

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...