ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?


टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

Loading

शैलेन्द्र कुमार सिंह

राजविराज । अहिले एसईई परीक्षा जारी छ । परीक्षा अनुगमन गर्न सम्बन्धित निकायको तछाँडमछाड छ सप्तरी जिल्लामा । एक टोली प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा, एक टोली जिल्ला समन्वय समितिको नेतृत्वमा, एक टोली शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको नेतृत्वमा र एक टोली पालिका शिक्षा प्रमुख नेतृत्वमा । एक टोली जानेवित्तिकै अर्काे टोली छिर्छन् । त्यसबाहेक खटिएका प्रहरी स्वयं परीक्षा हलभित्र छिरेर विद्यार्थीलाई केरकार गर्छन् ।
तीन घण्टाको अवधीमा यत्रो टोलीको सामना गरिरहेका परीक्षार्थीले के लेखिरहेका होलान् ? उनीहरुको मानसिक अवस्था कस्तो होला परीक्षा हलभित्र । अनि, परीक्षा दिएर घर फर्किदा पढ्ने बेलामा ध्वनी प्रदूषणको शिकार भइरहेका छन् परीक्षार्थी ।
अब कुरा गरौं, बर्षदिनको ।
हामी संचारकर्मी पटक–पटक शिक्षा बिग्रिसकेको तथ्यसहित उजागर ग¥छौं । विद्यालयमा जाँदा कार्यरत शिक्षक कमै मात्रामा फेला पर्छन् । शिक्षक उपस्थित भएपनि गफ चुटेर बस्ने गरेको समाचार धेरै पटक प्रकाशण÷प्रशारण गरिसकेका छौं । त्यसबेला पनि सम्बन्धित पालिका प्रमुख, सम्बन्धित वडाअध्यक्ष, सम्बन्धित पालिकाका शिक्षा शाखा प्रमुख, प्रअदेखि प्रमुख जिल्ला अधिकारीसम्म कुरा ग¥छौं । तर, उहाँहरु सुधार्ने प्रतिबद्धता व्यक्त गरेपनि निदाउँछन् । बर्षभरि कुनै किसिमको अनुगमन नगर्ने, देखिएका समस्याको समाधान गर्न नचाहने परीक्षा अवधीका अनुगमनकारीकै कारण शिक्षाको अवस्था यस्तो नाजुक भएको भन्दा कुनै फरक पर्देन् ।
अब कुरा रह्यो परीक्षा मर्यादित हुनैपर्छ । त्यसमा कुनै किसिमको विमति छैन् । तर, परीक्षा के को लिने ? के बर्षभरि पढाई भएको छ ? पढाई गराउनका निम्ति अहिलेका अनुगमनकारीले कुनै भूमिका खेलेको छन् ? बरु आफ्ना निकटलाई कसरी प्रअ बनाउने, आफ्नालाई कसरी शिक्षकमा नियुक्त गर्ने, कसरी विद्यालयको बजेटमा रजाइँ गर्ने खेलमा सम्बन्धित निकाय लाग्दै आएको कसैसँग लुकेको छैन् ।
परीक्षा मर्यादित हुनैपर्छ । त्यो सँगसँगै पढाई पनि राम्रो तरिकाको हुनुपर्छ । विचारा एसईई परीक्षा दिने विद्यार्थीको उमेर अधिकतम १७ बर्षको हुन्छ । यो उमेरमा उनीहरुलाई पढन र घोक्न मात्रै लगाउनेमा अभिभावकदेखि शिक्षकसम्म तम्त्यार हुन्छन् । तर, वास्तविक तरिकाले पढउने शीप अहिलेसम्म सप्तरी जिल्लामा विकास हुन सकेको छैन् । पाठ्यक्रमको कुरा गर्ने हो भने उहीं पारम्परिक छन् । बर्ष दिन पढाईबारे कुनै चासो नराख्ने अनुगमनकारी परीक्षा अवधीभर बालमनोविज्ञानसँग खेलबाड गर्न जसरी तम्सिएका छन् त्यसले पक्कै पनि शिक्षा राम्रो बन्न सक्दैन् । हो, कोहि–कोहि चिटिङ गर्छन् होला तर नगर्ने परीक्षार्थीलाई तीन घण्टाको अवधीमा ६ पटकसम्म गरिने अनुगमनले कतिको प्रभाव पार्दाेहोला ? त्यसबारे किन सम्बन्धित निकाय मौन छन् त ?
हेर्दै गर्नुहोला, अब परीक्षा अवधीभर अनुगमन गर्नेहरु परीक्षा लगत्तै एक बर्षसम्म कुम्भकर्णलाई पछाडि पार्दै निदाउँछन् । बर्ष दिनको निदाई र एक साताको जगाईले शिक्षा क्षेत्र अझै कमजोर बन्दै जानेमा कुनै शंका छैन् । एक त बाहिरबाट आउने कर्मचारीले सप्तरी कसरी बदनाम होस् भन्ने पक्षमै हुन्छन् । तर, यहाँका स्थानीय सरोकारबाला, स्थानीय कर्मचारी समेत परीक्षाको नाममा भएपनि जिल्लालाई बदनाम गराउन उदृत छन् । उनीहरुलाई के बुझ्नु जरुरी छ भने जिल्लामा चिटिङ गर्नुभन्दा मिहिनेत गर्ने परीक्षार्थी पनि छन् । परीक्षा हलमा छिरेर पटक–पटक मानसिक तनाव दिने कार्य भएपछि लेख्नका लागि सोंचेका र स्मरण भएका बिषयवस्तु पनि बिर्सन सक्नेतर्फ सम्बन्धित निकाय पनि सोंच्न नसकेको होला ?
शिक्षा राम्रो बन्नुपर्छ भन्दै बुरुक्क उफ्रने, कार्यक्रमहरुमा जोड्दार भाषण ठोक्ने र त्यसपछि आफैंले बोलेको शब्द र गरेको निर्णयप्रति कुनै किसिमको ध्यान दिने सरोकारबाला एसईईकै बेला मात्रै जाग्नु किमार्थ राम्रो होइन् । यदी वास्तविक रुपमै शिक्षालाई राम्रो बनाउने हो भने पढाई राम्रो बनाउनु जरुरी छ । र, यसका निम्ति अहिले खटिने टोलीहरु दैनिक रुपमा एउटा विद्यालयको अनुगमन गरे अर्काे एसईईमा यत्रो खटिनुपर्ने स्थिति आउँदैन् । यसतर्फ अब पनि सोंच्ने कि बर्षको एक साता मात्रै अनुगमनमा खटिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

Next Post

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

टिप्पणी : ध्वनी प्रदूषण गरेरै भगवान र अल्लाह खुशी हुन्छ त ?

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण : सीडीओ भन्छन्–स्थानीय सरकार अगाडि बढे सहयोग गर्न तयार छौं

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.