ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा


डाक्नेश्वरीका दलद्धारा पालिकाका जनप्रतिनिधीको बेथितीबिरुद्ध आन्दोलन घोषणा

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख दलले जनप्रतिनिधीबिरुद्ध आन्दोलन गर्ने भएका छन् ।

पालिकाभित्रका प्रमुख चार राजनीतिक दलका नेताहरुले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने बताएका हुन् । उनीहरुले आफूहरुले राखेको माग सम्बोधन गर्न पालिका प्रमुखले आलटाल गरेकाले आन्दोलनको विकल्प नभएको बताए ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले आफूहरुले राखेको मागको सन्दर्भमा पालिका प्रमुख उदासीन रहेको बताए ।

‘हामीले जेठ १ गते नै ज्ञापन बुझाउँदै १४ बुँदे माग अघि सारेका थियौं’ नेपाली कांग्रेसका नगर सभापति एवं प्रमुखका प्रत्यासी नारायण यादवले भने, ‘पालिका प्रमुख रामलखन मलाहले असार १६ गते, २० गते, २५ गते वार्ताका लागि बोलाएपनि कुनै छलफल नै गरेनन् ।’

उनले नगर शिक्षा ऐन संशोधन गर्न, शिक्षक सरुवा खारेज गर्न, कोरोना खर्च सार्वजनिक गर्न, इन्धन खर्च सार्वजनिक गर्नसहितका माग राख्दै दलहरुले ज्ञापन बुझाएको बताए ।

उनले पालिकामा प्रमुख मुखियाले एमालेको भर्ती केन्द्र बनाएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा जसपाका नगर उपाध्यक्ष ओमप्रकाश यादवले कर्मचारी भर्ना गर्दा रकमको चलखेल गरेको, ८० प्रतिशत योजनाको उपभोक्ता समिति प्रमुख मुखियाले आफैं बनाउने गरेको बताए । उनले पालिकालाई प्रमुखले भ्रष्टाचारको गढ बनाएको आरोप लगाए ।

जसपा नेपालकै नेता राजेश्वर रायले कर्मचारी भर्ना आ्हवान गर्दा कार्यालय सहयोगी पदमा पनि डेढ लाखसम्म असुली गर्ने गरेको पाइएको बताए ।

उनले शिक्षा अधिकृत कृष्णकुमार यादव शिक्षालाई बर्बाद गर्दै प्रमुखसँग मिलेर भ्रष्टाचारीमा संलग्न रहेको बताए ।

पत्रकार सम्मेलनमा उपस्थित भएका वडा नम्बर ४ का अध्यक्ष भोगेन्द्र यादव, ६ का कुशेश्वर यादव र ७ का शत्रुद्यन मण्डलले पनि प्रमुख मुखिया मनमानी तरिकाले काम गरिरहेको बताए ।

आन्दोलन अन्तर्गत शनिबार (भोली) साँझ मसाल जुलुस प्रदर्शन गरिनेछ भने आईतबारदेखि १३ गतेसम्म धर्ना दिने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0

Related

Previous Post

राजविराज–सखडा सडकलाई ५ दिनभित्र आबतजाबत योग्य बनाइने

Next Post

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

भलुवाही खोलाको फोहोर नगरपालिका अगाडि थुपारे युवाले, कारण यस्तो !

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

सप्तरीका फोटो स्टुडियोहरु सोमबार शोकमा बन्द रहने

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

शम्भुनाथको बजेट ७० करोड ५९ लाख १६ हजार

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

डाक्नेश्वरीमा चार दलका नेताहरुको धर्ना

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालमै गराए सिस्टकाे शल्यक्रिया

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.