ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको बिभिन्न ठाउँ जलमग्न


सप्तरीको बिभिन्न ठाउँ जलमग्न

Loading

राजविराज । अविरल बर्षाका कारण सप्तरीको बिभिन्न ठाउँ जलमग्न बनेको छ । एक्कासी आएको बर्षाका कारण बिभिन्न नदी र खोलामा आएको बाढी मानव वस्तीमै प्रवेश गरेको छ ।

सदरमुकाम राजविराजसहित हनुमाननगर कंकालिनी, कंचनरुप नगरपालिका तथा तिलाठी कोइलाडी, रुपनी गाउँपालिकाका धेरै ठाउँ जलमग्न बनेको छ ।

अबिरल बर्षाका कारण राजविराजको पानी टयांकी रोड, सिरहा रोड दिनभरि जलमग्न रह्यो । बर्षा थामिएपछि साँझबाट पानीको बहाब कम भएको स्थानीयले बताएका छन् । राजविराजको वडा नम्बर ७, ६ र २ का धेरै व्यक्तिको घरमै पानी पसेको छ ।

राजविराज ८ स्थित घरेलु तथा साना उद्योग कार्यालय समेत जलमग्न बनेको छ । वर्षाको पानी कार्यालय प्रमुख आवास, स्टोर शाखा, फायल फाँट, स्टाप कोठामा छिरेको कार्यालय प्रमुख रेखा कुमारी यादवले बताइन् ।

उनका अनुसार कार्यालय परिसरमा वर्षाको पानी जमेर आवतजावतमा समेत समस्या भएपछि पम्पिंगसेट लगाएर पानी फाल्नु परेको छ ।

अबिरल बर्षाका कारण हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १, ३, ४, १३ र १४ का बिभिन्न गाउँका बासिन्दाको घरमा पानी पसेको छ । महुली र कोशी नदीमा आएको बाढी यी गाउँहरुमा प्रवेश गरेको हो ।

तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १, ४ र ५ मा खाँडो खोलाको बाढी पसेको छ ।

यस्तै, खाँडो खोलामा आएको बाढी रुपनी गाउँपालिका वडा नम्बर १ का दर्जनौं व्यक्तिको घरमा प्रवेश गरेको छ । स्थानीयहरुका अनुसार रुपनी गाउँपालिका १ स्थित तटबन्ध माथिबाट बाढी गाउँ पसेको छ ।

बाढी गाउँ पस्दा महेन्द्र मरिक, राजेन्द्र मरिक, राम नारायण महतोसहित दुई दर्जन परिवारको घर जलमग्न बनेको छ । जसका कारण उनीहरु समस्यमा परेका छन् ।

रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, विपद व्यवस्थापन संयोजक मिथिलेश यादवसहितको टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गर्दै समस्यामा परेकालाई तत्कालै परिवारलाई राहत स्वरुप भुजा, दाल लगायतका सामाग्री बितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

Next Post

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.