राजविराज । नेपाल प्रहरी अन्तर्गत सप्तरीमा कार्यरत पाँच जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएकको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, शम्भुनाथका प्रमुख मेदिनी प्रसाद साहको मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा सरुवा भएको छ । उनको ठाउँमा रामबालक राय आउनेछन् । राय नेपाल प्रहरी प्रदेश कार्यालय मानवश्रोत व्यवस्थापन शाखा वीरगंजबाट यहाँँ आउनेछन् ।
जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत अवधेश कुमार यादवको मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगंज सरुवा भएको छ । उनी सप्तरीमा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए ।
यादवको ठाउँमा प्रहरी निरीक्षक मनिष श्रेष्ठ आउने भएका छन् । श्रेष्ठ इलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट यहाँ आउन लागेका हुन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरको नयाँ प्रहरी निरीक्षकमा डम्बर विश्वकर्मा आउने भएका छन् । विश्वकर्मा इलाका प्रहरी कार्यालय झापा दमकबाट यहाँ आउन लागेका हुन् । यहाँ कार्यरत सुभेश अधिकारीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय भेडियामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं सरुवा भएको छ । गणेशको ठाउँमा रञ्जन कुमार गिरी आउने भएका छन् । गिरी नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाबाट यहाँ आउन लागेका हुन् ।
इलाका प्रहरी कार्यालय कंचनपुरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझा अनिवार्य अवकाश पाएपछि सुशान्त मिश्र यहाँ सरुवा भएर यसअघि नै आइसकेका छन् । मिश्र मधेश प्रदेश प्रहरी कार्यालय परिचालन शाखा जनकपुरबाट यहाँ आएका हुन् ।