ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

Loading

राजविराज । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र गुणस्तरीय बनाउनका निम्ति सप्तरीका राजनीतिक दल एक ठाउँमा उभिएका छन् ।

जिल्लाका प्रमुख ८ राजनीतिक दल गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न र रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अघि बढाउन एकबद्ध भएका छन् । ती दलका जिल्ला अध्यक्षहरुले मंगलबार जिल्ला आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई यी बिषयमा ज्ञापन बुझाएका छन् ।

ज्ञापनमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधारको लागि यसै आर्थिक बर्षमा रु ५ अर्ब बजेट अबिलम्ब व्यवस्थापन गराइदिन, प्रतिष्ठानको कार्य प्रारम्भ हुनका लागि वातावरण प्रभाव मूल्यांकन सम्बन्धित मन्त्रालयबाट पास गराइदिन र प्रतिष्ठानको ऐन कानुन बनाई स्थायित्व प्रदान गरिदिन आग्रह गरिएको छ ।

यस्तै, गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दीमा रहेका सम्पूर्ण विशेष चिकित्सकलाई अबिलम्ब काज फिर्ता गराई कामकाजामा लगाइदिन, अस्पताललाई ५०० शैय्याको अस्पतालको रुपमा स्तरन्नो ितगर्ने घोषाणालाई कार्यान्वयन गराईदिन पनि ज्ञापनमा आग्रह गरिएको छ ।

अस्पतालमा निर्माणाधीन रहेका अधुरा भौतिक पूर्वाधारहरु पटक–पटक म्याद थप्दा समेत सम्पन्न हुन नसकेकोले यसलाई अन्तिम पटक म्याद पुस मसान्तसम्म रहेकाले सोही समयमा सम्पन्न गराईदिन पनि दलका नेताहरुले स्वास्थ्य मन्त्री पौडेलसँग आग्रह गरे ।

नेपाली कांग्रेसका सभापति रामदेव साह, नेकपा एमालेका जिल्ला सचिव देबनाथ यादव, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक मण्डल, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष प्रतापनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष उम्देश्वर प्रसाद साह, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह र लोसपाका जिल्ला अध्यक्ष सुनिल झाको हस्ताक्षर रहेको ज्ञापन माओवादीका केन्द्रीय सदस्य मण्डलले स्वास्थ्य मन्त्रीलाई बुझाए ।

ज्ञापन बुझ्दै मन्त्री पौडेलले मागहरु सकारात्मक रहेको बताउँदै एकैपटक पूरा गर्न नसकिएपनि क्रमशः पूरा गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

Next Post

बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

श्राेत खुल्न नसकेको ३ लाख रकमसहित शोभाकान्त पक्राउ

प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.