ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

Loading

राजविराज । किसानलाई सिंचाईको व्यवस्था मिलाउन अग्रसर रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले अर्काे ठाउँमा पनि ट्रान्सफर्मरसहित मास्टर विद्युतिय मिटर संचालनमा ल्याएको छ ।

पछिल्लो पटक नगरपालिकाले वडा नम्बर ८ योगिनियाँमा १०० केभिएको ट्रान्सफर्मरसहित मास्टर विद्युतिय मिटर जडान गर्दै संचालनमा ल्याएको हो ।

यसअघि नगरपालिकाको वडा नम्बर १ भारदह र वडा नम्बर ४ गंगापुरमा मास्टर मिटर जडान गरिसकेको छ ।

वडा नम्बर ८ मा जडान गरिएको ट्रान्सफर्मरले ५ वडाका किसान लाभान्वित हुने नगर प्रमुख बीरेन्द्र माझीले जानकारी दिए । उनका अनुसार वडा नम्बर २, ५, ६, ७ र ८ का किसानलाई सिंचाई गर्न सहयोग मिल्नेछ ।

नगरपालिकाले नगरस्तरीय योजनाको रुपमा यो कामलाई अगाडि बढाएको छ । नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत सहभागितामा यो योजना शुरु गरिएको प्रमुख माझी बताउँछन् ।

‘कृषि विद्युतिकरण पहिला पनि गरेका थियौं’ उनले भने, ‘किसानले प्रयोग गर्ने विद्युतको महसुल यसअघि पनि नगरपालिकाले तिरिदिने गरेको थियो । तर किानलाई मिटर लिनै समस्या थियो ।’

किसानलाई जग्गाको लालपूर्जा राख्नुप¥थ्यो र रु ५ हजारसम्म खर्च समेत गर्नुप¥थ्यो । जसका कारण धेरै किसानले मिटर लिनै पाएको थिएन् ।

तर, अब यो समस्याको समाधान भएको छ । ‘प्रत्येक पोलमा क्लीप बोर्ड लगाइएको छ । जसबाट किसानले मोटर चलाउन पाउँछन्’ माझीले भने ।

नगरपालिकाको वडा नम्बर १ भारदहका किसान कोशीको जग्गामा खेतीबारी गर्दै आएका कारण उनीहरुलाई लालपूर्जा छैन् । ‘नेपाल सरकारले लिजमा भारत सरकारलाई जग्गा दिइसकेको अवस्थामा लालपूर्जा कसैसँग नहुनु स्वभाविकै हो’ प्रमुख माझीले भने, ‘यस्तो अवस्थामा सिंचाई गर्न उनीहरुलाई समस्या भइरहेको थियो । अब हुने छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

Next Post

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

प्रेस स्वतन्त्रता हननको निष्पक्ष छानबिनकाे लागि आयाेगसँग आग्रह 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.