ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रम

लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रम

Loading

राजविराज । राजविराजमा लागूऔषधबिरुद्धको युवा लक्षित जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नेपाल तथा सशस्त्र प्रहरी, नेपाली सेना, विद्यार्थी, पत्रकार, युवा, बिभिन्न संघ–संस्थाको अगुवाईमा वृहत ¥यालीसहित जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट लागूऔषध नियन्त्रण सम्बन्धी बिभिन्न प्लेकार्ड बोकेर निकालिएको जनचेतनामूलक ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय गजेन्द्र चोकमा कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समितिका प्रमुख शिबनारायण साहले लागूऔषधका अवस्था भयावह देखिएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

उनले युवाहरु बिभिन्न लागूऔषध प्रयोग गरिरहेकाले अभिभावकदेखि सबै सरोकारबाला गम्भीर बन्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले युवालाई लागूऔषध प्रयोग गर्नबाट रोक्नुपर्ने आजको आवश्यक्ता रहेको बताए । ‘लागूऔषध प्रयोगकर्तालाई मात्रै यसबाट हानी हुँदैन्’ उनले भने, ‘एउटा परिवार, एउटा समाज र समग्र देशलाई नै हानी हुने गर्दछ ।’

उनले लागूऔषध प्रयोगकर्तालाई प्रयोग नगर्न सबै मिली रोक्नुपर्ने बताउँदै लागूऔषधको बिक्री बितरणको जानकारी पाए प्रहरीलाई उपलब्ध गराउन आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयले लागूऔषध नियन्त्रण सम्बन्धी तीन महिने नै शुरु गरिएको बताउँदै उनले यो अभियान अन्तर्गत कलेजहरुमा लागूऔषधबिरुद्धका प्रशिक्षण, ¥यालीसहितका चेतनामूलक कार्यक्रम गरिने बताए ।

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले लागूऔषध नियन्त्रण नगरिए अवस्था भयावह आउने बताए । उनले आगो लाग्दा छिमेकीको घर पनि जलेर नष्ट भए झैं आफ्ना छिमेकी लागूऔषधको कुलतमा फँस्दा रोक्न ध्यान नदिइए आफ्नै घर पनि पर्न सक्ने बताए ।

लागूऔषध नियन्त्रण गर्न सकिए परिवारदेखि समाज र समग्र देश नै स्वस्थ्य बन्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

Next Post

एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

एमपिएल तेस्रो संस्करणको तयारी पूरा, भाेलीदेखि शुरू हुँदै

मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

मुख्यमन्त्री सिंहको सुझाव–ड्यूज बलले मात्रै क्रिकेट खेलौं

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सुरुङ्गामा घर नजिकै मृत भेटिइन युवती, हत्याको आशंका

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

मृत भेटिएकी पूजा : यसअघि पनि भएको थियो जर्वजस्ती करणीको प्रयास

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.