ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

अनुमति पाएको भन्दा माथिल्लो कक्षा धमाधम बन्द गराइँदै 

Loading

राजविराज । उच्च अदालत जनकपुर, राजविराज इजलासले अनुमति पाएको भन्दा माथिल्लो कक्षा संचालन नगर्न आदेश दिएपछि यसको अनुगमनलाई तिब्रता दिइएको छ ।

मंगलबार सदरमुकाम राजविराजस्थित झण्डै एक दर्जन संस्थागत विद्यालयको अनुगमन गर्दा कम कक्षाको अनुमति लिई माथिल्लो कक्षा संचालन गरेको पाइएको छ ।

म्याक्सेल इंगलिस बोर्डिङ्ग स्कुल कक्षा ८ को अनुमति लिएर कक्षा १० सम्म, स्टुडेन्ट लाइफ लेण्ड सेकेण्ड्री स्कुल कक्षा १ को अनुमति लिएर ३ सम्म, हिमालय एजुकेशनल एकेडेमी बिना अनुमतिको ५ कक्षासम्म, डायनामिक स्कुल ८ को अनुमति लिएर १० सम्म, पिसलेन्ड इंगलिस स्कुल ७ को अनुमति लिएर १० सम्म संचालन गरेको पाइएको छ ।

यस्तै, जेभिएस स्कुल पूर्व प्राथमिक तहको अनुमति लिएर ४ कक्षासम्म संचालन गरेको पाइएको शिक्षा समन्वय समितिका अधिकृत कमलनाथ यादवले जानकारी दिए ।

उनका अनुसार सगरमाथा इंगलिस बोर्डिङ्ग स्कुलको नाममा अनुमति लिई डायनामिक स्कुल संचालन गरिरहेको पाइएको छ ।

मंगलबार संस्थागत विद्यालयको अनुगमन गर्दा अनुमति लिएको भन्दा माथिल्लो कक्षा संचालन गरेको पाइएको यादवले बताए ।

उनले सामुदायिक विद्यालयमा नाम लेखिएका बालबालिका पनि अध्ययन गराइरहेको पाइएको जानकारी दिए ।

यस्तो नगर्न हामीले लिखित हस्ताक्षरै गराएका छौं’ उनले भने, ‘अर्का पटक पनि अनुमति बिनाको कक्षा संचालन गरेको पाइए कार्वाही गर्नेछौं ।’

अनुगमनमा जाँदा विद्यालय संचालकले ट्युसन पढाइरहेको प्रतिकृया दिएका थिए । तर विद्यालयको समयमा विद्यालयकै पोशाकमा कक्षा पढाइरहेको पाइएको उनले बताए ।

यसअघि सोमबार सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर २ राजदेवी चोकमा संचालित कृष्णा एकेडेमी विद्यालयमा संचालित माथिल्लो कक्षा बन्द गराइएको थियो ।

कक्षा १ को अनुमति लिएर कक्षा ७ सम्म संचालन भएको पाइएपछि माथिल्लो कक्षा बन्द गराइएको थियो ।

उच्च अदालत जनकपुर, राजविराज इजलासले १९ बैशाखमा अनुमति पाएको भन्दा माथिल्लो कक्षामा भर्ना नगर्न अन्तरिम आदेश दिएपछि शिक्षा समन्वय इकाईले नियमित अनुगमन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा देखिएको समस्या समाधान गर्न प्रधानाध्यापकहरुको आग्रह

Next Post

शम्भुनाथ नपा : जेसिबी र इन्धन व्यक्तिगत काममा प्रयोग, कार्वाही हुने भएपछि खातामा जम्मा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

शम्भुनाथ नपा : जेसिबी र इन्धन व्यक्तिगत काममा प्रयोग, कार्वाही हुने भएपछि खातामा जम्मा

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी : पहिलो खेलमै अपसरीद्वारा अविजित शतक प्रहार

सामुदायिक विद्यालयमै देखियो शून्य विद्यार्थी, नीजिको मनोमानीमा लगाइँदै अंकुश

सामुदायिक विद्यालयमै देखियो शून्य विद्यार्थी, नीजिको मनोमानीमा लगाइँदै अंकुश

मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

राजविराजका कर्मचारी काममा फर्किए, असारपछि माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने

राजविराजका कर्मचारी काममा फर्किए, असारपछि माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.