![]()
राजविराज । करदाता सेवा कार्यालय लहान सार्न लागेको बिरोधमा व्यवसायीले शुक्रबार राजविराज बजार बन्द गरेका छन् ।
सप्तरी उद्योग बाणिज्य संघको आह्वानमा व्यापारीहरुले आफ्नै व्यवसाय बन्द गरेर बिरोध जनाएका हुन् । शुक्रबार बिहानैदेखि बजार क्षेत्रको मुख्य ठाउँहरुमा टायर बालेर व्यवसायीले बिरोध समेत जनाएका छन् ।
राजविराजस्थित करदाता सेवा कार्यालय सिरहाको लहानस्थित राजस्व कार्यालयमा गाभ्ने निर्णय सरकारले गरेको छ । यसले यहाँका सेवाग्राहीलाई ठूलो समस्या हुने भन्दै सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा प्रदर्शन शुरु भएको हो ।
संघले बजार बन्द गर्ने आह्वान गर्दा समेत कतिपय व्यवसायीले आफ्नो पसल बन्द गरेनन् । पछि संघका अध्यक्ष लालु प्रसाद अग्रबालको नेतृत्वमा व्यवसायीहरु बजार घुमेर पसल बन्द गराएका थिए ।
अध्यक्ष अग्रबालले सरकारले करदाता सेवा धकार्यालय सार्ने निर्णय तत्काल नसच्याइए थप सशक्त आन्दोलनमा उत्रिने बताए ।












