ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सौर्य एयरलायन्सको जहाज दुर्घटनाको १५ महिना : अहिलेसम्म न्याय नपाएको गुनासो


सौर्य एयरलायन्सको जहाज दुर्घटनाको १५ महिना : अहिलेसम्म न्याय नपाएको गुनासो

Loading

राजविराज । करिब १५ महिनाअघि भएको सौर्य एयरलायन्सको जहाज दुर्घटनामा आफ्‌ना तीन जना सदस्य गुमाएका अभिभावकले घट्नाको छानबिनका लागि न्यायीक समिति बनाउन सरकारसँग आग्रह गरेका छन् ।

९ साउन २०८१ मा काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य जहाज दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको दुःखद निधन भएको थियो ।

यहीं १८ जनाध्ये नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाका छोरी प्रिजा, ज्वाइँ मनुराज र नाती अधिराजको निधन भएको थियो ।

घट्नाको १५ महिना बित्दा समेत सरकारले दोषीलाई कार्वाही नगरेको निधन भएका तीन सदस्यका अभिभावक खतिवडाले बताएका छन् ।

गृह जिल्ला सप्तरीस्थित नेपाल पत्रकार महासंघमा आईतबार पत्रकार सम्मेलन गर्दै खतिवडाले जानाजान जहाज दुर्घटना गराइएको बताए ।

नेपालमा अहिलेसम्म भएका १०९ वटा हवाई दुर्घटना मध्ये सौर्यजहाज घटना बिल्कुलै फरक घटना भएको उनको भनाई छ । ‘बिग्रेको जहाज मर्मत गराउन पाइलट र प्राविधिकलाई मात्रै बसाएर लग्नुपर्नेमा अन्य व्यक्तिलाई पनि लगेको प्रष्ट देखिएको छ’ खतिवडाले भने, ‘झन् दुर्घटना भएपछि आफ्‌ना छोरी ज्वाइँ र नातीलाई सौर्य एयरलायन्सको कर्मचारी देखाएर ठूलो गल्ती गरिएको छ ।’

छोरी प्रिजा उर्जा मन्त्रालयको कार्यरत रहेको र नाती ४ बर्षकै भएपनि एयरलायन्सले कर्मचारी देखाएको भन्दै उनले आपत्ति जनाए ।

सौर्य जहाज दुर्घटना मात्र नभई तथ्यलाई आफूले प्रमाणित गर्दै आएको बताउँदै उनले दुर्घटना जाँच अनुसन्धान आयोगले सरकारलाई दुई महिनाअघि बुझाएको अन्तिम प्रतिवेदनले समेत आफ्‌नो दावीलाई पुष्टि गरेको बताए ।

‘सौर्य जहाज दुर्घटनामा एयरलायन्स कम्पनी, पाइलट र नियामक निकायले मौजुदा कानुन, कार्यबिधि, सञ्चालन म्यानुअल र ग्राउण्ड ह्याण्डलिङ म्यानुअल पालना गरेको भए १८ जनाको अनाहकमा ज्यान जाने थिएन भन्ने तथ्यलाई आयोगको निष्कर्षले प्रमाणित गरेको छ’ उनले भने ।

‘सौर्य जहाज दुर्घटनामात्र होइन जानाजानको मानवीय त्रुटिले भएको घटना हो’ भन्ने प्रतिवेदनको निष्कर्ष भएपनि प्रतिवेदनलाई अदालती प्रमाणको रुपमा प्रयोग गर्न नहुने कानुनमा उल्लेख रहेको उनको भनाई छ ।

‘कानुन निरुपणको विषय लगायत थुप्रै विषयमा प्रतिवेदन मौन छ । प्रतिवेदनले मान्छेले जानाजान गरेको त्रुटीले दुर्घटना भएको भनिएपनि को मान्छेले त्रुटि गरे भन्ने खुलाउन सकेको छैन’ उनले भने, ‘नेपालमा सबारी दुर्घटना सम्बन्धी कानुन छ तर हवाई दुर्घटना सम्बन्धी कानुन छैन । यति ठूलो मानवीय त्रुटिले घटना भएको छ तर दोषिलाई कुन कानुनले कारवाही गर्ने भन्ने अन्यौल छ ।’

सरकारले कानुन मिचेर जाँच अनुसंधान आयोग बनाएको र आयोगले एयरलाइन्स कम्पनिको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिने मनसायले सरकारलाई नियोजित प्रतिवेदन बुझाएको खतिवडाले बताए ।

सरकारी आयोगको प्रारम्भिक प्रतिवेदन र अन्तिम प्रतिवेदनमा तथ्यगत फरक समेत देखिएको उनले बताए । ‘प्रारम्भिक प्रतिवेदन भन्छ, दुर्घटना गति र वजनको संतुलन नमिलेर भयो तर अन्तिम प्रतिवेदनको निष्कर्षमा जानाजानको मानवीय त्रुटीले दुर्घटना भएको उल्ल्ेख छ’ उनले भने, ‘गैर सैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ मा जाँचको कार्य औपचारिक रुपमा समाम्त भैसकेपछि तथ्यगत फरक परेमा नेपाल सरकारले पुनः जाँच गराउन सक्ने छ भन्ने प्रष्ट कानुनी व्यवस्था छ ।’

सुनुवाई नभएको गुनासो

पत्रकार सम्मेलनमा खतिवडाले आफ्‌नो उद्देश्य पीडितले न्याय पाउनु मात्रै नभई, नेपालको हवाई यात्रा सुरक्षित होस र यस्तो नियति अरु कसैले भोग्नु नपरोस भन्ने रहेको बताए ।

सौर्य जहाज दुर्घटनापछि आफूले न्यायका लागि तथ्य प्रमाण सहित सबै सरोकारवाला सरकारी निकायमा निवेदन दिएको, सरोकारवाला मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दर्ता गराएको बताए । तैपनि कहिकतैबाट निवेदन एवं उजुरीमा सम्बोधन नभएपछि संसद् र जनप्रतिनिधलाई समेत गुहारेको उनले बताए ।

८० जना भन्दा बढी सांसदले संसद् र समितिको बैठकमा न्यायको पक्षमा आवाज उठाएको बताउँदै उनले संसद्को अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राज्यव्यवस्था तथा सुशासन समितिमा छुट्टाछुट्टै निवेदन दर्ता गराएको उल्लेख गरे ।

भदौ ४ गतेको समितिको बैठकले एक महिना भित्र न्यायीक छानवीन समिति गठन गर्न सरकारलाई निर्देशन दिएपनि तत्कालिन केपी ओलीको सरकारले निर्देशनको पालना नगरेको खतिवडाको भनाई छ ।

उनले न्याय नपाउँदा थुप्रै प्रश्नहरु तेर्स्याएका छन् । ‘भदौ २३ को घटना पछि मुलुकमा सरकार परिवर्तन भएको छ ।आजको परिवर्तनले परम्परागत शासन शैलीलाई बदल्छ कि बदल्दैन ? फेरि पनि न्यायलाई स्वार्थसँग साटिन्छ कि साटिँदैन ? कागज मिलाएर न्याय निमोठिन्छ कि निमोठिँदैन ? सक्नेले जे गर्दा पनि हुन्छ भन्ने भाष्य फेरिन्छ कि फेरिँदैन ?’ उनले भने, ‘आजको परिर्वतले न्यायको मुद्दालाई सम्बोधन गर्छ भन्ने विश्वास लिएको छु ।’

तथ्य र प्रमाणले सौर्य जहाज दुर्घटना मात्र होइन भन्ने पुष्टि भएकोले न्याय निरुपणका लागि आयोगको सुरक्षा अनुसन्धानले मात्र तथ्यमा पुग्न नसकेको अवस्थालाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनद्वारा जारी एनेक्स–१३ को प्रावधान र गैर सैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ बमोजिम सुरक्षा अनुसन्धानलाई अपराध अनुसन्धानतर्फ केन्द्रित गर्न उनले माग गरे ।

खतिवडाले सौर्य जहाज दुर्घटनाको छानबिन गर्न न्यायीक समिति गठन गर्न समेत सरकारसँग जोडदार माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

Next Post

कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सर्वपक्षीय, सर्वदलीय माग

करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सर्वपक्षीय, सर्वदलीय माग

बलिरहेकाे चिम नवजात शिशुमाथि खस्दा गजेन्द्रनारायण अस्पतालमा तनाव 

बलिरहेकाे चिम नवजात शिशुमाथि खस्दा गजेन्द्रनारायण अस्पतालमा तनाव 

संविधानको उल्लंघन गरेर बनाइएको मुख्यमन्त्री मानिदैन : सप्तरी कांग्रेस

संविधानको उल्लंघन गरेर बनाइएको मुख्यमन्त्री मानिदैन : सप्तरी कांग्रेस

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.