![]()
दिपेश जोशी
राजविराज । उपचाररत बालकमाथि बलिरहेकाे चिम खसेर पाेलेकाे विषयलाई लिएर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र आगजनी गरिएको छ ।
आईतबार साँझ एनआइसीयु वार्डको चिम अर्थात बल्ब झडेर आजै जन्मेर अस्पतालमा भर्ना रहेका रूपनी गाउँपालिका हर्दियाकी रेखा यादवको बालकमाथि लागेको थियो ।
यो घटनापछि बालकको परिवार्जन तथा आफन्तद्वारा अस्पतालमा तोडफोड र आगजनी गरिएको छ ।
आक्रोशित समूहले अस्पतालका निमित्त मेसु दिलिप साहलाई हातपात समेत गरेका छन् ।
घटनापछि अहिले अस्पतालमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
चीम खसेर घाइते भएका बालकलाई उपचारका लागि विराटनगर लगिएको छ ।












