ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

Loading

राजविराज । सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने भएको छ ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सेवाको विस्तार तथा निरन्तरताका लागि बिहीबार जिल्ला समन्वय समितिमा आयोजित जिल्लास्तरीय समन्वय बैठकमा यस्तो निर्णय गरिएको छ ।

लैङ्गिक हिंसा प्रतिकार्य सेवालाई थप व्यवस्थित, पहुँचयोग्य तथा प्रभावकारी बनाउन साथै एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा मामला ब्यबस्थापकको सेवालाई निरन्तरता दिन र राजविराज नगरपालिका स्थित बहालमा लिई सुरक्षित आवास गृह संचालनको पालिकाहरुले बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

यसका लागि स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा एकद्वार संकट व्यवस्थापन केन्द्रलाई समावेश गरी सहयोग गर्ने उद्देश्यले आवश्यक कार्यक्रम सञ्बालन तथा सेवा प्रवाहका लागि रु एक लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

सुरक्षित आवास गृह अहिले जिल्लाको कंचनरुप नगरपालिका र अग्सिाइर कृष्णसवरन गाउँपालिमा संचालनमा छ । यसबाहेकका पालिकामा नहुँदा लैङ्गिक हिंसामा परेकालाई समस्या हुने गर्दछ ।

बैठकमा एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) का प्रमुख मनिषा सिम्खडाले सेवाग्राहीको संख्या बढ्दै गएको र बजेट घट्दै गएको जानकारी गराएकी थिइन् ।

बैठकमा स्थानीय तहहरूले आफ्ने अधिकार क्षेत्रभित्र लैगिक हिंसा रोकथाम तथा प्रतिकार्य सेवालाई थप प्रभावकारी बनाउन आवश्यक योजना, समन्वय तथा श्रोत परिचालन गर्ने र हिंसा प्रभावित व्यक्तिहरूको आवश्यकता अनुसार स्वास्थ्य, मनोसामाजिक सामाजिक परामर्श, सुरक्षा, कानुनी तथा पुनःस्थापना लगायतका सेवाहरू उपलब्ध गराउँदै आवश्यक परेमा सम्बन्धित एकद्वार संकट व्यवस्थापन केन्द्रमा समयमै प्रेषण गर्ने निर्णय गरिएको छ ।

प्रत्येक स्थानीय तहले लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरूलाई तत्काल तथा दीर्घकालीन सहयोग उपलब्ध गराउने उद्देश्यले ’लैङ्गिक हिंसा निवारण कोष स्थापना तथा सञ्चालन गर्ने, सो कोषमार्फत हिंसा प्रभावितलाई स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, अस्थायी आश्रय, कानुनी सहायता, पुनःस्थापना तथा जीविकोपार्जन सहयोग लगायत आवश्यक बहु–पक्षीय सेवा उपलब्ध गराउन समन्वय र परिचालन गर्ने निर्णय समेत गरिएको छ ।

बैठकले आवश्यक्ता अनुसार एमसिसीको सहयोगमा मनोसामाजिक कार्यकर्ता भर्ना गर्ने निर्णय पनि गरिएको जिल्ला समन्वय अधिकारी कुन्दन कर्णले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

Next Post

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन, बालिकासहित आरोपितहरु सम्पर्कबिहीन

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

जर्वजस्ती करणी मुद्दामा नाबालक पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

ठगीको आरोपमा सप्तरीका एक युवकसहित ६ भारतीय पक्राउ

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.