ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ठगीको आरोपमा सप्तरीका एक युवकसहित ६ भारतीय पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । ठगीमा संलग्न रहेको आरोपमा सप्तरीका एक युवकसहित सात जना काठमाडौंबाट पक्राउ परेका छन् । सप्तरीका यी युवकले भारतीयहरुसँग मिलेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० थापागाउँ लाखेचौर मार्गस्थित सिर्तेल होलिडेज प्रा.लि नामको ट्राभल एजेन्सी यी व्यक्तिहरुले खोलेका थिए । यस एजेन्सीबाट सर्वसाधारण व्यक्तिलाई युरोप, एसिया, अफ्रिका लगायत १ सय ७५ देशहरूमा भ्रमणमा जानको लागि विभिन्न नम्बरबाट फोन गरी ट्राभल लोटरी परेको भन्दै झुक्याएर अत्यन्त सस्तो दरमा भ्रमण गराउने भनि विश्वास दिलाएका थिए । यो विश्वास दिलाएर पीडितहरूबाट रकम लिई भ्रमण नगराई रकम समेत फिर्ता नगरी ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सातै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर १२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ गठ्ठाघर बस्ने २६ वर्षीय बिबेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका–२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना हैदरावाद चारमिनार थाना घर भएका ३४ वर्षीय महम्मद ईमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र भारत तेलंगाना हैदरावाद कुकडपल्ली थाना घर भएका ४२ वर्षीय समादा गिरी रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ३२८ जना पीडितहरूबाट रु दुई करोड ७२ लाख ६५ हजार ५७४ ठगी गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट नेपाली नगद ७ लाख रूपैयाँ, कम्प्युटर १ थान, ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न छाप ५ थान, रिसिप्ट प्याड ३ थान, विभिन्न व्यक्तिहरूको नाम, वतन, मोबाइल नम्बर समेतकोको विवरण उल्लेखित कुपनको अर्धकट्टी ५ हजार ७५ थान लगायतका सरसामान बरामद भएको प्रहरीको भनाई छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

जर्वजस्ती करणी मुद्दामा नाबालक पक्राउ

Next Post

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.