![]()
राजविराज । सप्तरीका पत्रकार हेमशंकर सिंहलाई पितृशोक परेको छ ।
उनका पिता उमेश सिंहको गएराति निधन भएको हो ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ निवासी सिंहको आफ्नै घरमा राति ११ बजे निधन भएको हो ।
मृगौला रोगबाट पीडित ८४ वर्षीय सिंह उपचार गराइरहेका थिए । उनलाई सोमबार (आज) पनि अस्पताल ल्याउने तयारी थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ, सप्तरीले आफ्ना सदस्य हेमशंकर सिंहका पिताको निधनप्रति दुःख व्यक्त गरेको छ ।
महासंघले एक शोक बक्तव्य जारी गर्दै स्व. सिंहप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
साथै, शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनी कामना समेत गरिएको छ ।








