ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, September 14, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु


घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

Loading

दिपेश जोशी

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ की कपुरदेवी साहको आँखा रसाइरहेको छ । उनको आँखाबाट बलिन्द्र आँशु झरिरहेको छ । यद्यपी यो आँशु भने खुशीको हो ।

रसुवा बाढीमा परी १० दिनसम्म सुरुङमा फँसेका उनका छोरा सञ्जय साह सकुशल घर आएपछि कपुरदेवीले छोरासँग अंकमाल गर्दै खुशीको आँशु निकालेकी हुन् ।

गत १० भदौमा आएको विध्वंश बाढीपछि सञ्जयको अवस्था अज्ञात थियो । १९ भदौ जनमाष्टमीको बिहान सञ्जयको सकुशल उद्धार गरिएको थियो । उद्धार गरी उनलाई काठमाडौंमा उपचार गराइएको थियो ।

उपचारपछि सञ्जय शनिबार राति घर फर्किएका छन् । सदरमुकाम राजविराजस्थित घरमा उनलाई परिवारजनले भव्य स्वागत गरे । घरका महिला सदस्यले अक्षता छर्केर, दीप बाली घर भित्र्याए ।

उनी सकुशल फर्किएकोमा एकले अर्कालाई मिठाई बाँडेका छन् भने केक काटेर खुशियाली मनाएका छन् ।

राजविराजबाट बिहानै उनी तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित आफ्‌नो पुर्ख्यौली घर पुग्दा गाउँलेहरुको भींड नै लाग्यो ।

सञ्जय घर फर्किएपछि उनकी आमाको आँखाबाट लगातार आँशु बगिरहेको थियो । छोरासँग अँगालो हाल्दै उनले आँशु बगाइरहिन् ।

उनले यो खुशीको आँशु भएको बताउँदै भनिन्, ‘योभन्दा ठूलो खुशी मेरो लागि केही होइन् ।’

सञ्जयका पिता रामफल साह पनि औधी खुशी देखिएका छन् । उनले आफ्‌ना छोराको सकुशल उद्धार गरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

सञ्जयले नयाँ जीवन पाएपछि उनकी पत्नी लक्ष्मी पनि असाध्यै खुशी भएकी छन् । ‘मेरी छोरीका बाबा फर्किन्छन् भन्ने विश्वास हामीलाई थियो, भगवानले त्यो जुराइदियो ।’

त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका सञ्जय साह भने आफूजस्तै अन्य साथीहरुको पनि उद्धार हुनुपर्ने बताउँछन् ।

जीवितै उद्धार गरिएपछि अहिले सञ्जयको घरमा खुशीयाली छाएको छ । बाढीमा परी वेपत्ता भएका अन्य व्यक्तिहरुको पनि सरकारले चाँडै उद्धार गरोस् र उनीहरुको घरमा पनि यस्तै खुशीयाली छाओस् । यसतर्फ सरकार गम्भीर बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.