ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

Loading

राजविराजमा संचालित तेस्रो संस्करणको मधेश प्रिमियर लिग (एमपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा बलान बिहुल सुपर किङ्स र मिथिला वारियर्सले जीत हात पारेको छ ।

शुक्रबार भएको पहिलाे खेलमा बलानले काेशीलाई ८१ रनले र दाेस्राे खेलमा जनकपुर सनराईज लाई ५ विकेटले पराजित मिथिला वारियर्सले जीत हात पारेको हो ।

पहिलाे खेलमा टस जितेर बलानले निर्धारित १२ ओभरकाे खेलमा ८ बिकेट गुमाएर १४१ रन बनायो ।

उसका लागि ईमरान शेखले सर्वाधिक ४१ रन बनाए भने राशिद खानले ३०, अरनिकाे यादवले २० तथा बिकास दासले अविजित १३ रन बनाए ।

बलिंग तर्फ काेशीका भिम यादब ३, अनुज चाैहान २ तथा माेहम्मद साेहिल, साजन दास, नवीन यादवले १/१ विकेट लिए ।

प्रतिउतरमा ब्याटिङ थालेको काेशीले १२ ओभरमा ९ बिकेट गुमाएर ६० रनमै खुम्चियो । जसमा नविन कुमार यादबले ३३ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दाेहाेर अंक बनाउन सकेनन ।

बलिङतर्फ बिहुलका बिवेक यादब, राशिद खान र भुवन कार्की २/२ तथा विकास दासले १ विकेट हात पारे ।

खेलको म्यान अफ द म्याच बलानका राशिद खान घाेषित भए ।

दोस्रो खेलमा टस जितेर हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरकाे खेलमा १८ ओभर ५ बलमा सबै बिकेेट गुमाएर १२२ रनकाे याेगफल खडा गर्यो।

जसमा मयन यादब ३६ रन, राष्ट्रिय खेलाडी आशिफ शेखले १८ रन, आरिफ शेख ११ रन र बिशाल पटेलले २२ रन बनाए ।

बलिंग तर्फ मिथिला वारिर्यसका शेर मल्लले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १५ रन खर्चे ४ बिकेट हात पारे भने राष्टिय खेलाडी कुशल भुर्तेलले २ विकेट, राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह ऐरी र अर्का राष्ट्रिय खेलाडी बसिर अहमदले १/१ विकेट हात पारे ।

प्रतिउतरमा १ सय २३ रनकाे लक्ष्य पछयाउने क्रममा मिथिला वारियर्स १४ ओभर ३ बलमा ५ विकेट गुमाएर जीत हात पार्यो ।

वारियर्सलाई जिताउन राष्ट्रिय खेलाडी कुशल भुर्तेलले ७ चाैका र ३ छक्काकाे मद्दतले ५६ रन बनाए ।

अर्का राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह ऐरीले २३ रन तथा बसिर अहमदले अविजित १२ रन र सुमित महर्जनले अविजित ७ रन बनाए ।

बलिंग तर्फ जनकपुरका विशाल पटेल २ तथा विशाल सुश्लिंग, फदेह सिद्विकी र प्रदिप पासवानले १/१ विकेट लिए ।

खेलकाे म्यान अफ दि म्याच मिथिला वारिर्यसका कुशल भुर्तेल घाेेषित भए ।

प्रतियोगिता अन्तर्गत शनिबार पनि २ खेल हुनेछ । पहिलाे खेल काठमान्डाै राेयल्स र छिन्मस्ता तथा सप्तरी बलान बिहुल र मिथिला वारियर्स बिच हुने मधेश प्रिमियर लिगका अध्यक्ष संजिव नारायण यादबले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

Next Post

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, आधा दर्जन यात्री घाइते 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.